Saturday, June 25, 2011

लमजुङमा पनि जन स्वयंसेवक दल

लमजुङ, चैत २० गते ।
लमजुङ सदरमुकाम वेसीशहरमा आज पहिलोपटक एकीकृत नेकपा माओवादीको जन स्वयंसेवक दल र्सार्वजनिक भएको छ ।
एकीकृत माओवादी लमजुङका सेक्रेटरी लालबहादुर तमू र वाईसीएल अध्यक्ष रामचन्द्र पौडलेको नेतृत्वमा निस्किएको जन स्वयंसेवक दलले सदरमुकाम वेसीशहरको बजार परिक्रमा गरेको थियो ।

'शान्ति, संविधान र राष्ट्रिय स्वाधिनताको लागी हाम्रो अभियान, उत्पादन निर्माण र जन सुरक्षाका लागि जन स्वयंसेवक परिचालन' भन्ने नाराका आयोजना गरिएको र्�याली समापनपछि शेरा चोकमा आयोजना गरिएको कोणसभामा जन स्वयंसेवक परिचालन संयन्त्रका संयोजक तथा एकीकृत माओवादी लमजुङका सेक्रेटरी लालबहादुर गुरुङले संवोधन गरेका थिए ।

उनले बैदेशिक हस्तक्षेपका लागि सबै एक जुट हुनुपर्ने धारणा राखेका थिए । औपचारिक रुपमा जनस्वयंसेवक दलको कमिटि निर्माण नगरिएको र कमिटि निर्माण नभएसम्म जनस्वयंसेवक दलको नेतृत्व वाईसीयल अध्यक्ष रामचन्द्र पौडेलले लिने सेक्रेटरी तमूले जानकारी दिएकाछन् ।

Jana-Swayamsewak
Jana-Swayamsewak
Jana-Swayamsewak
Jana-Swayamsewak

Posted on:April 3, 2011, 7:13 am

No comments:

Post a Comment