Sunday, June 26, 2011

बेपत्ताका परवारद्धारा प्रशासन कार्यालयमा धर्ना

आश गुरुङ,
लमजुङ, बैशाख ९ गते ।
द्धन्द्धकालमा राज्यद्धारा बेपत्ता पारिएका आफन्तले आज शुक्रवार जिल्ला प्रशासन कार्यालय लमजुङमा धर्ना दिएकाछन् ।
बेपत्ता संवन्धि उच्चस्तरीय छानविन आयोग गठन गरि बेपत्ता बनाएका आफन्तको तत्काल र्सार्वजनिक गर्न माग गर्दै उनीहरुले प्रशासनमा धर्ना दिएका हुन् ।

विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानमा बेपत्ता नागरिकलाई र्सार्वजनिक गर्न उच्च स्तरीय छानविन आयोग गठन गर्ने भनिए पनि हाल सम्म कार्यान्वयन हुन नसकेको भन्दै उनीहरुले आक्रोस ब्यक्त गरेका थिए ।

तत्काल आफ्ना बेपत्ता आफन्त र्सार्वजनिक नगरिए कडा

आन्दोलन गर्ने बेपत्ताका परिवारले चेतावनी दिएका छन् । बेपत्ता परिवार समाज लमजुङकी अध्यक्ष मैया बस्नेतले हामी र हाम्रो समस्या प्रति राज्य सधै उदासिन भएको बताईन् । राज्यद्धारा बेपत्ता पारिएका लिलाराज कट्टेलकी श्रीमती पार्वती कट्टेलले भने राज्यले आफ्नो श्रीमान् बाँचे नबाँचेको जानकारी नदिएपछि गत माघमा काजकिरिया गरेको बताईन् ।

द्धन्द्धकालमा लमजुङमा राज्यद्धारा १७ जना र तत्कालीन व्रि्रोही माओवादीद्धारा २ जना नागरिक बेपत्ता पारेको इन्सेक लमजुङको तथ्याङ्कमा उल्लेख छ ।
Bepatta-pariwar
Bepatta-pariwar
Bepatta-pariwar

Posted on:April 23, 2011, 6:00 am

No comments:

Post a Comment