आश गुरुङ
लमजुङ, बैशाख ३१ गते । आफ्नै साथीको हत्या गरेको आशंकामा लमजुङ प्रहरीले चारजना युवाहरुलाई हिरासतमा लिएको छ । उत्तरी लमजुङको ताघ्रिङ गाविस १ च्याम्चेका २५ बषिर्य आईतजंग तामाङको हत्या गरेको आशंकामा प्रहरीले च्याम्चेका सोमबहादुर तामाङ, खरसिंह तामाङ, बीरबहादुर तामाङ र खर्कबहादुर तामाङलाई प्रहरीले हिरासतमा लिएको हो । हत्यामा संलग्न भएको आशंका गरिएका बाबुराम तामाङ भने फरार छन् ।प्रहरी हिरासतमा रहेका ४ जनालाई प्रहरीले आज शनिवार प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन गरेर र्सार्वजनिक गरेको छ । भीरवाट लडेर मृत्यू भएको भन्दै पाँचजना युवाहरुले जनही ५/५ हजार रुपैँया दिएर घटना र्सार्वजनिक नगर्न दवाव दिएपछि मृतककी आमा सगुनमाया तामाङले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक आनन्दमणी लामिछानेको नेतृत्वमा बाहुनडाँडा प्रहरी चौकीवाट खटेका प्रहरीसहितको टोलीले गाढेर राखेको शवलाई १७ दिनपछि आईतजंङको शवलाई चिहानवाट निकालेको छ । शवलाई पोष्टमार्टमका लागि लमजुङ जिल्ला सामुदायिक अस्पताल ल्याएको छ ।
गते बैशाख १२ गते साँझ खाना खाने वेला आएका ५ जना युवाहरुले मृतक तामाङलाई फकाएर लगेको र त्यही समयमै लडेर मृत्यू भएको जानकारी दिएर पछि पैसा दिएपछि आफ्नो छोराको हत्या भएको आशंकामा उनीहरुविरुद्ध किटानी जाहेरी दिएको मृतककी आमा पीडित सगुनमायाले वताईन् ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक सन्दीप भण्डारीले घटनावारे अनुसन्धान भईरहेको जानकारी दिए । प्रारम्भिक अनुसन्धानका क्रममा युवाहरुवाट कुटपिट भएको देखिएको भण्डारीले वताएकाछन् ।


Posted on:May 14, 2011, 7:23 am
No comments:
Post a Comment