Saturday, June 25, 2011

गृह नपाए सरकारमा बस्नुको अर्थ रहँदैन : देव गुरुङ

नवीनराज कुइँकेल/लमजुङ समाचारदाता
बेसीसहर, फागुन २८ गते । एकिकृत नेकपा माओवादीका स्थायी समिति सदस्य देवप्रसाद गुरुङले गृहमन्त्रालय माओवादीले नै पाउने दावी गर्नुभएको छ । माओवादी र एमालेविच भएको सातबुँदे सहमतिमा गृहमन्त्रालय माओवादीलाई नै दिने सहमति भएकाले माओवादीले नै गृहमन्त्रालय पाउने उहाँले दावी गर्नुभयो ।

क्रान्तिकारी पत्रकार संघ लमजुङले आज सदरमुकाम बेसीशहरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता गुरुङले सात बुँदे सहमितमा गृहमन्त्री माओवादीलाई दिने सहमति भए पनि एमाले भित्रै सातबुँदे सहमतिका विषयमा मतभेद रहेकाले मन्त्रीमण्डल गठनमा ढिलाई भएको बताउनुभयो । उहँाले यदी पुन गृहमन्त्रालयमा किचलो गरे माओवादी सरकारमा बस्नुको अर्थ नरहने समेत बताउनुभयो ।

मन्त्री मण्डलमा क-कसलाई पठाउने भन्ने बारेमा माओवादीभित्र कुनै विवाद नरहेको दावी गर्दै गुरुङले छिट्टै दोस्रो चरणमा माओवादीले सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको नाम पठाउने जानकारी दिनुभयो । भावी गृहमन्त्रीमा तपाइँको नाम प्रस्तावित छ नि भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा नेता गुरुङले ब्यक्ति अहिल्यै तोक्नु भन्दा पनि पार्टर्ीी निर्ण्र्ाागर्ने कुरा भएको बताउनुभयो । नेता गुरुङले माओवादीभित्रको मजदुर संगठनमा केही समस्या देखिए पनि पार्टर्ीीक ढिक्का रहेकाले मजदुर संगठनको विवाद पनि छिट्टै समाधान हुने जानकारी दिनुभयो ।

समयमै संविधान बनाउन माओवादी प्रतिबद्ध छ भन्दै नेता गुरुङले माओवादी एक्लैले चाहेर मात्र संविधान समयमा जारी गर्न नसकिने बताउनुभयो । संविधान जारी गर्न दर्ुइ तिहाइ चाहिने भएकाले माओवादी जस्तै अन्य दलले सघाए संविधान समयमै बन्न सक्ने बताउनुभयो । नयाँसंविधान, राज्यपर्ुनसंरचना, संघियता लगायतका मुद्धाको प्रस्तावक माओवादीनै भएपनि नेतृत्व अरुको पोल्टामा भएकाले संविधान निमार्ण्र्ाा पनि नेतृत्व कसरी अगाडी बढ्छ भन्नेमा निर्भर रहने बताउनुभयो ।

हिमालपारीको जिल्ला मनाङको जिल्ला परिषदको उद्घाटन सकेर बेसीशहर आइपुग्नुभएका गुरुङले माओवादी र एमालेबीचको सात बुंदे सहमतीले राष्ट्रीय स्वाधिनताको रक्षा गर्ने र संबिधान निर्माणको प्रक्रियालाई गति दिने दावी गर्नुभयो ।
एकीकृत नेकपा माओवादीको बेसीशहरस्थित पार्टर्ीीार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता गुरुङले मुल विषयलाई एकातिर थन्काएर हाँगाविँगामा बहस भैरहेको भन्दै पुन ०४७ सालकै संविधान ब्युँजाउन केही दल उद्धत रहेको समेत बताउनुभएको थियो ।



Posted on:March 13, 2011, 4:25 am

No comments:

Post a Comment