Monday, June 20, 2011

प्रहरीद्धारा थप एक पक्राउ, पाँचजना सार्वजनिक

आश गुरुङ 'प्रतीक'
लमजुङ, कार्तिक ६ गते ।
लागु औषधको कारोवार गरेको आरोपमा लमजुङ प्रहरीले थप एकजना युवकलाई पक्रेको छ ।
स्याङ्जा जिल्ला घर भई केहीवर्षयता लमजुङ सदरमुकाम वेसीशहरमा पसल संचालन गरि बस्दै आएका जाहिर हुसेनलाई आज दिउँसो त्रिवेणी टोलस्थित आफ्नै पसलवाट प्रहरीले पक्रेको हो ।

लमजुङ प्रहरीले हिजोमात्रै लागु औषध सेवन गरिरहेको अवस्थामा वेसीशहरवाट चारजना युवालाई रंगेहात पक्राउ गरेको थियो ।
प्रहरीले मदिरा सेवन गरेर विदेशी पर्यटकमाथि दुर्व्यवहार गरेको आरोपमा गएराती पक्रेका चार जना र दिउँसो पक्राउ परेका हुसेनलाई पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । उनीहरुवाट प्रहरीले चारवटा नाईट्रोजन नामक सिल्पिङ ट्याब्लेट र केही चरेस समेत बदामद गरेको छ ।
प्रहरी निरीक्षक आनन्दमणी लामिछानेको नेतृत्वमा गएको टोलीले होटल थ्रोङ्लाबाट पक्राउ गरेका बेसीशहर शेराका साम्हुधिन मिया, त्रिवेणीटोलका हरि बस्नेत, झिङ्गे खोलाका निरज अधिकारी र ठाडोलाईनका सुरज रञ्जितलाई हिरासतमा राखेर अनुसन्धान थालेको छ । प्रहरीले छापा मार्दा पनि पसलमा केही नभेटे पछि फर्केका प्रहरीले लागु औषधको कारोवारमा हुसेन सक्रिय रहेको थाह पाउने वित्तिकै पक्रेर जिल्ला प्रहरी कार्यालय ल्याएको थियो ।


प्रहरीले मनाङ्गे चौतरास्थित होटल थ्रोङ्लाबाट र हुसेनलाई सार्वजनिक गरेपनि बेसीशहरको जनस्वास्थ्य कार्यालय नजिकैबाट पक्रेका तीनजनालाई भने सार्वजनिक गरेको छैन । रक्सी खाएर होहल्ला गर्दै सामाजिक मर्यादा उल्लंघन गरेको आरोपमा बेसीशहरका राम राना, विजय श्रेष्ठ र विदुर बस्नेतलाई प्रहरीले गएरात्री पक्रेको थियो ।

उनीहरुविरुद्ध कानुनी अनुसार कार्वाही प्रक्रिया अगाडि बढार्इने प्रहरी नायब उपरीक्षक कृष्णहरि शर्माले आफ्नै कार्यकक्षमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वताएकाछन् ।






Mail to: lamjungnews@gmail.com

Posted on:October 23, 2010, 4:00 am

No comments:

Post a Comment