Saturday, June 25, 2011

महासंघका उपाध्यक्ष लामिछाने सम्मानित

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
लमजुङ, माघ २८ गते ।
नेपाल पत्रकार महासंघ लमजुङ शाखाका उपाध्यक्ष श्रीकृष्ण लामिछानेलाई सम्मान गरिएको छ ।
लमजुङमा प्रकाशित हुँदै आएको लमजुङ जागरण साप्ताहिकको चौँथो बाषिर्की तथा 'मोफसलको अविराम यात्रा' नामक पुस्तक विमोचन कार्यक्रममा लामिछानेलाई सम्मान गरिएको हो ।

जिल्लाको पत्रकारीता क्षेत्र र यस साप्ताहिकको प्रगति र उन्नतिको लागि योगदान गरेको भन्दै लामिछानेलाई सम्मान गरिएको हो । एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासंघ नेपालका अध्यक्षर् इश्वरचन्द्र ज्ञावली, एकीकृत नेकपा माओवादी लमजुङकार् इन्चार्ज देवेन्द्र पराजुली र लमजुङ जागरण साप्ताहिकका साम्पादक कमला केसीले लामिछानेलाई सम्मानपत्रका साथ सम्मान गरेका थिए ।

कार्यक्रममा ज्ञावली र पराजुलीले अखिल नेपाल लेखक संघ लमजुङद्धारा प्रकाशित 'मोफसलको अविराम यात्रा' नामक कविता संग्रहको विमोचन गरेका थिए । कविता संग्रहलाई साहित्यकारद्धय बेनबहादुर सुँयल 'विनू' र शालिकराम अधिकारीले समीक्षा गरेका थिए । लमजुङ जागरण पत्रिकाको एकीकृत अखिल नेपाल जनसाँस्कृतिक मञ्च लमजुङका अध्यक्ष निमानन्द रिजालले समीक्षा गरेका थिए ।

कार्यक्रममा जनसाँस्कृतिक महासंघका अध्यक्ष ज्ञावली, माओवादर्ीर् इन्चार्ज पराजुली, अखिल नेपाल लेखक संघका केन्द्रीय सदस्य अनिल श्रेष्ठ, साहित्यकार ठाकुरप्रसाद 'छाँगा', नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष किसान 'संगीत' नेपाली, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं गण्डकी अञ्चल संयोजक कृष्ण केसी, लमजुङ जागरण साप्ताहिकका प्रवन्ध सम्पादक विवेककुमार दुलाल, कार्यकारी सम्पादक बासुदेव थापा लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा नवराज दाहाल 'उत्साही', सम्झना चिलुवाल लगायतका साहित्यकारहरुले साहित्य बाचन गरेका थिए ।
कार्यक्रम लमजुङ जागरण साप्ताहिकका सम्पादक कमला केसीको अध्यक्षतामा भएको थियो ।






Posted on:February 11, 2011, 11:01 pm

No comments:

Post a Comment