Monday, June 20, 2011

सहमति नभए देश बर्बादीको भूमरीमाः -खनाल

आश गुरुङ 'प्रतीक'
लमजुङ, पुस १ गते ।
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले राजनीतिक दलहरु बीच तत्काल सहमति नभए देश बर्वादीको भूमरीमा फस्ने चेतावनी दिएकाछन् ।
लमजुङमा विहिवार विहान हृदयघातका कारण निधन भएका एमाले क्षेत्र नम्बर २ का अध्यक्ष बामदेव अधिकारीप्रति श्रदाञ्जली व्यक्त गर्न लमजुङ पुगेका खनालले सहमति विना देश संचालन गर्न नसक्ने ठोकुवा गरे ।
एमाले पार्टीकार्यालयमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा खनालले अहिले पनि सहमति प्रतिको आफ्नो पार्टी अडान कायमै रहेको बताउँदै आफ्नो पार्टी झैँ अन्य पार्टी सहमति नचाहेकोमा दुःख ब्यक्त गरे ।
सहमति विना देश तहसनहस हुने वताउँदै शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्�याउन र तोकिएको समयमा संविधान निर्माण नभए जनताले कहिल्यै सुख नपाउने उनको भनाई छ । एमाले सहमतिको पक्षमा भएपनि सरकार निर्माणको सम्बन्धमा केन्द्रीय कमिटीको बैठकले ठोस निर्णयपारित गर्ने उनले वताए । सरकार र प्रधानन्त्रीलाई भन्दा शान्ति र संविधानालाई प्रथामिकता दिएकोले सहमतिकै पक्षमा अडान कायमै राखेको उहाँको भनाई छ ।

संचारकर्मीको अर्को जिज्ञासामा खनालले प्रधानमन्त्रीका एक्ला उम्मेदवार रामचन्द्र पौडेल निर्विरोध हुन नसक्ने दावी गरे । उनले आफ्नो पार्टी प्रधानमन्त्रीको खेलमा भन्दा शान्ति र संविधान निर्माण प्रक्रियामा लागेको वताए । संचारकर्मीहरुको जिज्ञासामा उनले शान्ति प्रक्रिया टुंगोमा पुग्न नसक्नु र संविधान निर्माण नहुनुमा सवै पार्टी बराबर दोष रहेको उनको भनाई छ ।
सो अवसरमा स्वर्गीय अधिकारीप्रति अध्यक्ष खनालले पार्टी झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । खनालले अधिकारीको परिवारसंग भेट गरि समवेदना व्यक्त गरेका थिए । कार्यक्रममा पोलिटव्यूरो सदस्य खगराज अधिकारी, केन्द्रीय कमिटी सदस्य टुका हमाल, केन्द्रीय सर्म्पर्क विभाग सचिव डाक्टर भिष्म अधिकारी, जिल्ला अध्यक्ष जमिन्द्रमान घले, राष्ट्रिय परिषद् सदस्यद्धय मायानाथ अधिकारी र प्रेम घले लगायतले अधिकारीको निधनले पार्टीलाई अपुरणीय क्षति भएको वताएका थिए ।
वेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष समेत रहेका अधिकारीको स्थानीय एक रेडियोमा अन्तरवार्ता दिँदादिँदै एक्कासी बेहोस भएपछि उपचारका लागि लमजुङ जिल्ला सामुदायिक अस्पताल लैजाँदै गर्दा विहिवार विहान बाटोमा निधन भएको थियो ।











Mail to: आश गुरुङ 'प्रतीक'
Posted on:December 16, 2010, 7:08 am

No comments:

Post a Comment