Sunday, June 26, 2011

अन्नपर्ूण्ा संरक्षण क्षेत्रमा जैविक विविधताको अनुगमन

आश गुरुङ,
लमजुङ, बैशाख १३ गते । लमजुङको ८ वटा गाविसका बनजंगल तथा चरण क्षेत्रमा जैविक अनुगमन थालिएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपर्ूण्ा संरक्षण क्षेत्र आयोजना एक्यापर् इलाका संरक्षण कार्यालय भुजुङले आफ्नो कार्यक्षेत्रमा अनुगमन गरेको हो । बनजंगलमा चोरी सिकारी बढ्दै गएको र जडीबुटीको अबैध संकलन तथा चोरी निकासी भएको भन्दै अनुगमन गरेको एक्यापले जनाएको छ ।
पहिलो चरण अन्तरगत भुजुङ र पसगाउँको बनजंगल तथा चरण क्षेत्रमा गरिएको अनुगमनका क्रममा ४ प्रजातिका लालीगुराँससहित १ सय ४५ प्रजातिका बनस्पतिहरुको नामावली समेत संकलन गरिएको छ । ३ ठाउँमा कस्तुरीको ताजा पाईलाको छाप, खोस्रिएको चिन्ह, पञ्जाको छाप, दिसा लगायतका दश ठाउँमा चितुवाको चिन्हहरु, ३ ठाउँमा घोरलको बर्कौला, ८ ठाउँमा थारको चिन्हहरु र एउटा भाले थार प्रत्यक्ष देखिएको एक्यापले जनाएको छ ।
एक्यापले हिमाली कालो भालुको पाँच स्थानमा पञ्जाको छाप, डाँफे, मुनाल, प्युरा र फुक्रासको समेतको कल काउण्ट गरिएको आयोजनाका रेञ्जर डम्मरबहादुर अधिकारीले जानकारी दिएकाछन् । Yeti-at-Annapurna-1

Yeti-at-Annapurna-1

Yeti-at-Annapurna-1

Posted on:April 26, 2011, 12:37 am

No comments:

Post a Comment