Monday, June 27, 2011

लउवासंघको अध्यक्षमा श्रेष्ठ र पौडेलको उम्मेद्वारी

आश गुरुङ,
लमजुङ, जेठ १९ गते ।
लमजुङ उद्योग वाणिज्य संघको आगामी निर्वाचनका लागि अध्यक्ष पदमा दर्ुइजनाले तीन साता अगावै उम्मेदवारी घोषणा गरेकाछन् ।
र् वर्तमान समितिका द्वितीय उपाध्यक्ष रामकुमार श्रेष्ठ र प्यासिफिक डेभलपमेण्ट बैंकमा अध्यक्ष भेष बहादुर पौडेलले आगामी कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

लमजुङ उद्योग बाणिज्य संघको असार ४ र ५ गते हुने २५ औं साधारण सभाका लागि श्रेष्ठ र पौडेलले छुट्टाछुट्टै पत्रकार सम्मेलनको आयोजना गरि अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका हुन् । दुबैले आफूले विजय प्राप्त गर्ने दावी गरेकाछन् ।

अध्यक्षको उम्मेदवारी घोषणा गर्ने श्रेष्ठ विगत २८ वर्षेखि होटल र पर्यटन ब्यवसायमा आवद्ध हुनुका साथै लमजुङ उद्योग वाणिज्य संघ बेसीशहर इकाईको संयोजक, लमजुङ उद्योग वाणिज्य संघको महासचिव र वर्तमान द्वितीय उपाध्यक्षको जिम्मेवारी निभाउँदै आएकाछन् । उनी यस क्षेत्रमा सफल ब्यवसायी मानिन्छ ।

यसैगरि, पौडेल विगतमा बेसीशहर इकाइको संयोजक, लमजुङेहरुले पहिलो पटक स्थापना गरेको प्यासिफिक बैंकको कार्यकारी अध्यक्ष र युवाहरुबीच लोकप्रिय छन् ।

उम्मेदवारी घोषणा सहित श्रेष्ठले भावी कार्यक्रममा उद्योग वाणिज्य संघलाई विशुद्ध ब्यवसायिक संस्था वनाउँदै नातावाद, कृपावाद, भाइवन्दी, गुटबन्दी र फुटबन्दीबाट टाढा राख्नु पर्ने लगायतका १७ बुँदे कार्यक्रम अघि सारेकाछन् । उनले संघको सचिवालय भवनमा अग्रज र बयोबृद्ध ब्यवसायीहरुको लागि छुट्टै कार्यकक्ष र स्थानीय मिडियाको विकासको लागि बिशेष पहल गर्ने कार्यक्रम आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरेकाछन् । अर्का उम्मेदवार पौडेलले लमजुङमा उद्योगी व्यवसायीहरुको हितमा काम गर्न र समृद्ध लमजुङ निर्माणका लागि आफ्नो उम्मेदवारी दिएको उल्लेख गरेकाछन् । लमजुङ उद्योग वाणिज्य संघ अर्न्तर्गतर् इकाइ सुदृढीकरण समितिको संयोजक रहेका पौडेलले एक गाउँ एक उत्पादन कार्यक्रम सहित दर्जनौ भावि कार्यक्रम र्सार्वजनिक गरेकाछन् ।

अध्यक्षमा श्रेष्ठको उम्मेदवारी प्रति निवर्तमान अध्यक्ष रामबाबु श्रेष्ठ र पर्ूव अध्यक्ष धर्मराज श्रेष्ठ साथै पौडेलको उम्मेदवारी प्रति वर्तमान अध्यक्ष प्रमोद कुमार श्रेष्ठको र्समथन छ । श्रेष्ठलाई राजनीतिक हिसावमा नेकपा एमाले, एकीकृत नेकपा माओवादी लगायतका दलहरुको र्समथन रहेको बताइए पनि माओवादीले आधिकारिक धारणा र्सार्वजनिक गरेको छैन । पौडेललाई भने नेपाली काँग्रेसको र्समथन छ ।
Ram Kumar Shrestha
Ram Kumar Shrestha
Ram Kumar Shrestha
Ram Kumar Shrestha
Ram Kumar Shrestha
Ram Kumar Shrestha

Posted on:June 2, 2011, 6:33 am

No comments:

Post a Comment