Tuesday, June 21, 2011

एकेन्द्र र दिलिपसिंहलाई सम्मान

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
लमजुङ, माघ २५ गते ।
तमू हृयूल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद लमजुङ र ऐतिहासिक तमू संग्रहालय ब्यवस्थापन समिति लमजुङले तमू धीँ युकेका सल्लाहकार एक बहादुर गुरुङ 'एकेन्द्र' र तमू ट्हो हृयूल हङकङका सल्लाहकार दिलिपसिंह गुरुङलाई एक कार्यक्रमका वीच सम्मान गरेको छ ।

सदरमुकाम वेसीशहरमा निर्माणाधिन तमू संग्रहालय भवन निर्माणका लागि अपुरणीय सहयोग पुर्‍याएको भन्दै गुरुङद्धयलाई संग्रहालय भवनमा सम्मान गरिएको हो । लमजुङ पसगाउँ स्थायी घर भएका एकबहादुर गुरुङ 'एकेन्द्र' र दिलिपसिंह गुरुङलाई संग्रहालय भवनको सहयोग मात्रै नभईकन गुरुङ भाषा, कला र संस्कृतिको जगर्ेनामा महोत्वपर्ूण्ा योगदान दिएको भन्दै सम्मान गरिएको तमू हृयूल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद् लमजुङका अध्यक्ष प्रेम घलेले वताए । हाल युकेमा वस्दै आएका एकेन्द्र गुरुङ र हङकङमा वस्दै आएका दिलिपसिंह गुरुङलाई तमू हृयूल छोँज धीँका संस्थापक क्याप्टेन रणबहादुर गुरुङ र अध्यक्ष घलेले खादा लगाएर सम्मान गरेका थिए । त्यस्तै, उनीहरुसंगै आएका गुरुङ चलचित्रका नायक तथा निर्माता बेदबहादुर गुरुङ 'श्याम' पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा तमू संग्रहालय ब्यवस्थापन समितिका महासचिव ताराराज घले, कोषाध्यक्ष क्याप्टेन मिलबहादुर गुरुङ, प्रचारप्रमुख बीरेन्द्र गुरुङ, क्याप्टेन लालबहादुर गुरुङ, ठाकुरप्रसाद गुरुङ, कमला गुरुङ लगायत सहभागि थिए ।
गुरुङद्धय पोखरास्थित अभियान फिल्मस्ले आयोजना गरेको अर्वाड वितरण तथा सम्मान कार्यक्रमका लागि केही दिनअघि नेपाल आएका थिए ।



Posted on:February 7, 2011, 11:49 pm

No comments:

Post a Comment