Tuesday, May 3, 2011

विद्यार्थीको सहयोग

रबिन राउत लमजुङ

कार्तीक २४ - लमजुङ सदरमुकाम वेसीशहरस्थित जन विकास उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरुले एक पाठेघर समस्यावाट पीडित महिलालाई आर्थिक सहयोग गरेका छन् ।
जनविकासस्थित नेपाल विद्यार्थी संघ, अनेरास्ववियू र अखिल क्रान्तिकारीसंग आवद्ध विद्यार्थीहरुको नेतृत्वमा विद्यार्थीहरुबाटै रकम उठाएर तार्कुघाट गाउँ विकास समिति वडा नं. ५ की विमला नेपालीलाई सहयोग गरेको हो ।
विद्यार्थीवाट उर्ठाईएको पाँचहजार आठ सय २५ रुपैँयालाई पाठेघरको समस्यावाट ग्रसित नेपालीलाई प्रदान गरि थप उपचारका लागि काठमाडौँ पठाईएको वताईएको छ ।
त्यस्तै पीडितको उपचारका लागि अन्य संघसंस्थासंग सहयोग जुटाएको विद्यार्थीहरुले वताएकाछन् ।

Posted on:November 9, 2008, 4:45 am

No comments:

Post a Comment