Friday, May 13, 2011

एमालेको जिल्ला अधिवेशन स्थगित

रबिन राउत लमजुङ

लमजुङ कार्तीक २४- नेकपा एमाले जिल्ला कमिटी लमजुङको आगामी पुस ११ र १२ गते हुने भनिएको जिल्ला अधिवेशन स्थगित भएको छ ।
नेकपा एमाले पार्टी कार्यालयमा सम्पन्न २५ औ पूर्ण बैठकले केन्द्रीय आठौं महाधिवेशनको तयारी, सांगठनिक काम लगायतका व्यस्तताको कारण देखाएर स्थगित गरिएको जनाको छ । एमाले लमजुङले शुक्रवार एक पत्रकार सम्मेलन गरि यसवारे जानकारी गराएको हो ।
त्यस्तै, गरि बैठकले पार्टीको जिल्ला स्तरीय कार्यकर्ता भेला पौष ५ गते बेसीशहरमा गर्ने, संगठित सदस्यता नविकरणको कामलाई घनिभुत बनाउँदै कार्तिक महिना भित्र नविकरण गरिसक्ने, विभिन्न विभाग र जन वर्गीय संगठनहरुको वैठक तत्काल गर्न लगाउने निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी गर्राईको थियो । त्यस्तै, अनेरास्ववियुको २० औ जिल्ला सम्मेलन आगामी मंसीर ६ र ७ गते बेसीशहरमा हुने भएकाले सो सम्मेलन र अखिल नेपाल किसान महासंघको आयोजनामा पौष ६ देखि १३ गते सम्म हुने बिषयगत किसान संघहरुको भेलालाई आवश्यक सहयोग गर्ने निर्णय गरेको प्रेस विज्ञप्तिमार्फ जनाईएको छ ।
बैठक जिल्ला कमिटीका सचिव मायानाथ अधिकारीको अध्यक्षता तथा एमाले केन्द्रिय कमिटी सदस्य एवं गण्डकी अञ्चल इन्चार्ज त्रिलोचन ढकालको प्रमुख आतिथ्यतामा भएको थियो ।

Posted on:November 9, 2008, 4:51 am

No comments:

Post a Comment