Sunday, May 15, 2011

गाविसस्तरीय छनौट फुटवल उपाधी बेसीसहरलाई

रबिन राउत लमजुङ

लमजुङ, मंसिर २२ गते - लमजुङको सदरमुकाम वेसीसहरमा भएको गाविस स्तरिय छनौट फुटवल प्रतियोगिताको उपाधी वेसीशहर गाविसले हातपारेको छ ।
गणतान्त्रिक फुटवल महासंघ लमजुङको आयोजनामा भएको फुटवल प्रतियोगितामा वेसीशहरले तीनका विरुद्ध चार गोल गरि सुन्दरबजार ए लाई हरायो । खेलको निर्धारित समय र पछि थप गरिएको समयमा पनि दुवै पक्षले गोल गर्न नसकेपछि बराबरी भएपछिको ट्राइब्रेकरमा बेसीसहरले जीतेको थियो ।
यसैगरी पसगाउँले भोटेवडार रातोलाई ३-१ को अन्तरले पराजित गर्दै तेस्रो स्थान हात पारेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीमा पसगाउँका उत्तम गुरुङ, र्सवाधिक गोलकर्तामा भोटेवडारका शिवलाल श्रेष्ठ र अनुशासित खेलाडीमा सुन्दरबजारका निरज दुरा छनौट भए । विजयी टिम र उत्कृष्ट खेलाडीलाई गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय सचिवालय सदस्य एवं गण्डकी अञ्चल संयोजक नरबहादुर पुन मगरले पुरस्कार एवं प्रमाण पत्र वितरण गरेको थियो ।
शसस्त्र द्वन्दकालमा सेनाद्वारा मारिका शहीद पवित्रा पौडेलको स्मृतिमा आयोजना गरिएको गाविसस्तरीय छनौ६ फुटबल प्रतियोगितामा लमजुङका ६१ गाविसमध्ये ४४ टिमले सहभागीता जनाएका गणतान्त्रिक खेलकुद महासंघ लमजुङका अध्यक्ष तथा प्रतियोगिताका संयोजक संयोजक जनक महताराले जानकारी गराए ।

Posted on:December 6, 2008, 11:49 pm

No comments:

Post a Comment