Sunday, May 15, 2011

लमजुङमा एडसको चिन्ता

रबिन राउत

लमजुङ मसिंर १७ लमजुङमा एचआइभि एड्स भुसको आगो जस्तै विकराल रुपमा फैलिदै गएकोमा वेसिशहरमा हिजो एक कार्यक्रमा वक्ताहरुले चिन्ता व्यक्त गरे । जिल्ला एड्स समन्वय समिति लमजुङको निर्देशन र जिल्ला जनस्वास्थय कार्यलय, आरसिडीसि लमजुङ र वर्ल्डभिजन लमजुङको सहयोगमा एचआइभि एड्स र सञ्चार माध्यमको भूमिका विषयक रोट्रयाक क्लव लमजुङद्धारा आयोजना गरेको छलफ कार्यक्रममा वक्ताहरुले सो चिन्ता व्यक्त गरेका हुन् । गरिवी र अशिक्षाको कारण वैदेशिक रोजगारमा जानेहरुबाट एचआइभि एड्स भित्राइरहेको र जिल्लामा सचेतना सम्वन्धि कार्यक्रम नगर्दा एचआइभि एड्स के हो र किन र कसरी र्सछ भन्ने कुरा ग्रामिण भेगका मानिसलाइ थाहा नहुदा एड्स भुसको आगो जस्तै समाजमा सल्कदै गएको वक्ताहरुले व्यक्त गरे । लमजुङ सामुदायिक अस्पतालका निर्देशक धर्मराज गोसाइ,जनस्वास्थ्यका सुरेश थापा ,राजनैतिक दल ,नागरिक समाज, पत्रकार संघसंस्था लगायतका प्रतिनिधिहरुले सञ्चार माध्यम मार्फ एजआइभि एड्स र्सनबाट रोक्न तथा न्यूनीकरण गर्नु पर्नैमा थय लमजुङले जनाएको छ । लमजुङमा एचआइभि संक्रमितको संख्या ८७ पुगेको जिल्ला जनस्वास्थयले जनाएको छ ।

Posted on:December 2, 2008, 5:10 am

No comments:

Post a Comment