Tuesday, May 17, 2011

चौथो सिउरुङ महोत्सव सम्पन्न

आश गुरुङ 'प्रतीक' - लमजुङ
लमजुङ, मंसिर २८ गते ।
लमजुङको पर्यटकीय ग्रामीण क्षेत्र सिउरुङ गाउँमा 'चौथो सिउरुङ महोत्सव(२०६५) सम्पन्न भएको छ ।
स्थानीय कला संस्कृतिको संरक्षण र संबर्द्धन तथा स्थानीयस्तरमा उत्पादित घरेलु वस्तु साथै आन्तरिक तथा बाहृय पर्यटन प्रबर्द्धनका लागि महोत्वस आयोजना गरिएको हो । महोत्सवको माओवादी लमजुङ क्षेत्र नं. १ कार् इन्चार्ज मधु अधिकारीले उद्घाटन गर्नुभएको थियो । महोत्सवको उद्घाटन गर्दै अधिकारीले जल, जमिन र जडिवुटी र जनशक्तिको उपयोग गर्न सके युवाहरु विदेशीन नपर्ने वताउनुभएको छ । ग्रामीण पर्यटन प्रवर्द्धनमा समेत यसले धेरै टेवा पुर्‍याउने चर्चा गर्दै उहाँले ग्रामीण पर्यटन प्रवद्धन विना कुनै पनि सिंगो गाउँको जीवनस्तर उकास्न नसकिने र देशको पनि विकास हुन नसक्ने वताउनुभयो । महोत्सवको विहिवार, शुक्रवार र शनिवार संचालन गरिएको थियो ।
महोत्सवमा विभिन्न हस्तकलाका सामाग्रीहरुको प्रदर्शनीका साथै खाना महोत्सव, कृषि, जडिवुटी, चोयावाट निर्मित भकारी, डोको, स्याखू तथा चर्खा, झोला, पछ्यौरा लगायत उन र धागोवाट निर्मित सामाग्रीहरुको प्रदर्शनी गरिएको थियो । त्यस्तै, गुरुङ कला तथा संस्कृति झल्कने घाँटू, सोरठी, कृष्णचरित्र, सारङ्गीनाच लगायत सांस्कृतिक झाँकीहरु पनि महोत्सबमा प्रदर्शन गरिएको थियो । महोत्सवमा करीब तीनहजार दर्शक तथा पर्यटकले अवलोकन गरेको महोत्सव मुल आयोजक समितिले जनाएको छ ।
समुन्द्री सतहदेखि करीब १८२४ मीटरको उचाईमा रहेको पर्यटकीय सिउरुङ गाउँ पुग्न सदरमुकाम वेसीशहरवाट एकदिन लाग्छ । सिउरुङ महोत्सव नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा सेभ द वर्ल्ड नेपाल, अन्नपूर्ण ग्रामीण पर्यटन समिति, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जिल्ला विकास समिति र खुदी गाउँ विकास समितिको सहयोगमा भएको हो । महोत्सव सिउरुङ ग्रामीण पर्यटन विकास उप-समितिको आयोजना र हिमालचुली कलासाहित्य प्रतिष्ठान लमजुङको सह-आयोजनामा भएको हो ।

Posted on:December 13, 2008, 9:52 pm

No comments:

Post a Comment