Tuesday, May 17, 2011

फेरि विद्रोह हुन्छ : प्रधानमन्त्री

आश गुरुङ 'प्रतीक'
लमजुङ, मंसिर २९ गते ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वको सरकारलाई थिचोमिचो पार्ने प्रयास भईरहेको अरोप लगाउनुभएको छ । शान्ति प्रक्रियालाई धरापमा पारेर संविधान निर्माण प्रक्रियालाई अँधुरो बनाउन खोज्ने जस्तो सुकै शक्तिका विरुद्ध सरकारवाटै व्रि्रोह गर्ने चेतावनी दिनुभयो ।
लमजुङमा निर्माण भएको मध्यमर्स्याङदी जलबिद्युत परियोजनाको उद्घाटन पछि माओवादी लमजुङद्वारा आयोजना गरेको जजनसभालाई सम्बोधन गर्दे उहाँले सो कुरा वताउनुभएको हो । व्रि्रोहको रुप फरकफरक भएकाले आफूले हतियार नउठाएपनि जनताको संविधान निर्माणनभए जनताले नै हतियार उठाउने उहाँको भनाई थियो ।
संविधान निर्माण प्रकृयालाई ढिलो पारि माओवादी नेतृत्वको सरकार असफल पार्न देशी विदेशी शक्ति लागिपरेको आरोप लगाउँदै प्रधानमन्त्री प्रचण्डले देशमा पलाएको शान्ति प्रकृया रोक्ने, नेपालीको इच्छा अनुसार संविधान बनाउन रोक्ने र जनतामा आतङ्ख मच्चाउन खोजे जनताले त्यस्ता शक्तिलाई बाँकी नराख्ने समेत वताउनुभयो । प्रधानमन्त्रीले केही दिन अगाडी आँफुले राखेको अभिब्यक्तिलाई केही मिडियाले बंग्ााएर फेरी बन्दुक उठाउने र हिंसा गर्ने अभिव्यक्ति दिएको हल्ला फिजाएको बताउनु भयो ।
सेना समायोजन हुन नदिनका लागि केही राजनितिक दल लागिपरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सेना कसैको बावुको विर्ता र घरको नोकर नभएको वताउनुभयो । सेना मायोजन गर्न दिन्न भन्ने के अधिकार कसैलाई नरहेको वताउँदै राजनितिक दलले नेपाली सेनालाई सँधै आफ्ना विर्ता र नोकरको रुपमा हेर्ने गरेको आरोप लगाएर सेना समायोजनमा बखेडा झिकेको समेत वताउनुभयो ।
प्रधानमन्त्रीले कांग्रेस सभापति गिरिजा प्रसाद कोइरालाले एक्लै संविधान बनाउँछु भनेर दिएको अभिब्यक्तिले नेपाली जनताको अपमान भएको बताउँदै भन्नुभयो- संविधान भन्ने चिज कागजको खोस्टो होर कसैले खल्तीबाट झिकेर दिन मिल्ने - संविधानलाई पुर्व राजसंस्थाले जस्तो खल्तीबाट झिकेर दिन मिल्ने परम्परामा कोइराला लाग्नुभएको छ, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो- यदि त्यसो हो भने नेपाली जनताले बाह्र बर्षसम्म गरेको जनयुद्ध, १९ दिने जनआन्दोलन र संविभान सभा निर्वाचनको के काम रहयो र । कांग्रेसले जनताको संविधान बनाउने अधिकार कुन्ठीत गर्न कहिले सेना समायोजन गर्न नदिने र कहिले विगतका शान्ति सम्झौता मान्दिन भन्दै अड्को थाप्ने काम गर्दै हिडेको आरोप पनि लगाउनुभयो ।

Posted on:December 14, 2008, 7:39 am

No comments:

Post a Comment