Tuesday, May 17, 2011

मध्यमर्स्याङदी जलविद्युतको उद्घाटन आईतवार

आश गुरुङ 'प्रतीक', लमजुङ

लमजुङ, मंसिर २८ गते - बहुचर्चित मध्यमर्स्याङ्दी जलविद्युत परियोजनाको उद्घाटन आईतवार हुँदै छ । परियोजनाको प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले उद्घाटन गर्दै हुनुहुन्छ ।
आठवर्षछि निर्माण सम्पन्न मध्यमर्स्याङदी जलविद्युत परियोजनाको नेपाल जर्मन दौत्य सम्बन्ध स्थापना भएको स्वर्ण्र्ाायन्तीको अवसर पारेर उद्घाटन गर्न लागिएको हो । उद्घाटन कार्यक्रम विहान ११ बजे रहेको परियोजनाले जनाएको छ ।
उद्घाटन कार्यक्रम भोटेओडार गाविसस्थित सिउँडीवारमा निर्माण भएको परियोजनाको पावरहाउसमा हुने छ । पावर हाउसमा राखिएको विजुलीको स्वीच अन गरि उद्घाटन गरिने परियोजनाले जनाएको छ । पावर हाउसमा जडान गरिएको दुईटा र्टवानमध्ये एउटावाट ३५ मेगावाटको विद्युत भोलिवाट उत्पादन हुने भएको छ । उद्घाटनसत्रमा नेपाल विद्युत प्राधिकरणले दिएको निमन्त्रण कार्ड बाहेकका ब्यक्तिलाई जानवाट रोक लगाईएको छ । त्यसपछि बाँध निर्माण क्षेत्रमा गएर निरीक्षण गर्ने र त्यहाँ पनि संवोधन गर्ने कार्यक्रम रहेको परियोजना श्रोतले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले भक्ति नमुना उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा नेकपा माओवादीद्वारा आयोजना गरिने एक कार्यक्रमलाई पनि संवोधन गर्नुहुने छ । सवै कार्यक्रम सक्काएर दिउँसो ३ बजे उहाँ काठमाडौँ फर्किने कार्यक्रम रहेको परियोजना श्रोतले जनाएको छ ।
२०५८ असार ११ गतेबाट औपचारिक रुपमा निर्माण आरम्भ भएको मध्यमर्स्याङदीको कूल क्षमता ७० मेगावाट छ । सुरुमा सन् २००४ को अन्तसम्ममा निर्माण सक्ने लक्ष्यका साथ शुरु भएकोमा मुलुकको तत्कालीन परिस्थितिका कारण परियोजना प्रभावित भएको थियो । पटक पटकका बन्द, हडतालका कारण यो परियोजना करीब ढेढवर्षबन्द रहेको थियो । ठेकेदार र प्राधिकरणबीचको विवाद, डिजाइन परिवर्तन लगायत अन्य विभिन्न कारणले परियोजना प्रभावित भएको हो ।
जर्मन दातृसंस्था केएफडब्लुको अनुदान र नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा सम्पन्न मध्यमर्स्याङ्दी जलविद्युत परियोजनाको परियोजनाको कूल अनुमानित लागत तत्कालीन समयमा २ सय ७३ मिलयिन युरो अर्थात १३ अर्व ६५ करोड रुपैँया थियो । तर, अहिले परियोजनाको लागत दोब्बर बढेर २७ अर्व पुगिसकेको छ ।

Posted on:December 13, 2008, 5:38 am

No comments:

Post a Comment