Tuesday, May 17, 2011

क्रान्तिकारी अध्यक्षमा अप्सरा

आश गुरुङ 'प्रतीक
लमजुङ, मंसिर २८ गते - नेकपा माओवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को अध्यक्षमा अप्सरा ढकाल चयन भएको छ ।
विद्यार्थीको १८ औँ जिल्ला सम्मेलनले ढकाललाई र्सवसम्मतका साथ चयन गरेको हो । विद्यार्थी संगठनको इतिहासमा महिला नेतृ प्रमुख पदमा चयन भएको लमजुङमा यो पहिलोपटक हो ।
३१ सदस्यीय कमिटिको उपाध्यक्षमा यशोदा न्यौपाने, सचिब होमबहादुर विश्वकर्मा, सहसचिब विकल पराजुली र कोषाध्यक्षमा अमृत घिमिरे चयन भएकाछन् । सम्मेलन सकिएपछि विद्यार्थीको पहिलो बैठक समेत बसेको थियो ।
बैठकले जनमुखि र बैज्ञानिक र समान शिक्षा प्राप्त नभएसम्म विद्यार्थीहरु आन्दोलनलाई सशक्त ढंगले अगाडि बढाउने निर्णय गरेको वताईएको छ ।

No comments:

Post a Comment