Sunday, May 15, 2011

बाटा आर्मीको कब्जामा

रबिन राउत - लमजुङ

लमजुङ मसिंर ९ - गत शनिवार युथ सोसाइटीको नेतृत्वमा नागरीक समाज बुद्धिजीवी , पार्टी प्रतिनिधी र स्थानिय जनताको उपस्थितिमा आर्मी क्याम्पदेखि करपुरेश्वर अर्थात मोरन घाट सम्म पुग्ने मोटर वाटो र सिढीको निर्माण गर्नुको निम्ति आर्मी ब्यारेकमा डेलीकेसन गएको थियो ।
गाँउशहर र बेसी शहर गाविसको अधिकाँश बाड्को मलामी बोकेर हिड्ने सोझो वाटा आर्मीले कब्जा गरे पछि स्थानिय जनताहरु ज्यादै मर्कामा परेको कुरा बताउछन् । स्थानिय जनताको मर्का फुकाउने उद्देश्यले माओवादीको नेता मेख वहादुर भण्डारी, नागरिक समाजका वाल कृष्णबराल, श्री जन विकास उच्च मा.वि. का प्रचार्य बुद्धिसागर बराल, नगर विकासका अध्यक्ष भुपाल दनाई र वाईसिएर अध्यक्ष रामचन्द्र पौडेल लगाए स्थानिय जन समुदायको ठूलो उपस्थिती रहेको थियो । आर्मीका प्रमुख विनोद अधिकारी ले जन चासोको विषयमा आफू सधै सकरात्मक रहेको कुरा वताउदै वाटो निर्माणमा आर्मीको सहयोग हुने प्रतिबद्यता व्यक्त गर्नू भएको छ ।


Posted on:November 24, 2008, 4:50 am

No comments:

Post a Comment