Sunday, May 15, 2011

लमजुङका ६१ गाविसलाई साढे ११ करोडको बजेट

रबिन राउत -लमजुङ,

लमजुङ, मंसिर ९ गते - पहाडि जिल्ला लमजुङको ६१ गाउँ विकास समितिलाई यसवर्षनेपाल सरकारले ११ करोड ५३ लाख ८० हजारको बजेट विनियोजन गरेको छ । गणतान्त्रिक नेपालको पहिलो सरकारले विनियोजन गरेको बजेटमा गाविसलाई बढीमा २१ लाख ५० हजार र कम्तीमा १५ लाख छुट्टयाएको छ । जनसंख्या र विकटताको आधारमा नेपाल सरकारले बजेट विनियोजन गरेको हो । सरकारले यसवर्षदेशभरका प्रत्येक गाविसलाई बढीमा ३० लाख र कम्तीमा १५ लाख वजेट विनियोजन गरेको छ ।
जिल्ला विकास समिति लमजुङले दिएको जानकारी अनुसार जिल्लाका ३४ गाविसलाई १९ लाख ५० हजारका दरले ६ करोड ६३ लाख विनियोजन गरिएको छ । त्यस्तै, १२ गाविसलाइ २१ लाख ५० हजारका दरले २ करोड ५८ लाख, १२ गाविसलाई नै १५ लाखका दरले १ करोड ८० लाख र ३ गाविसलाई १७ लाख ६० हजारका दरले ५२ लाख ८० हजार गरि कुल ११ करोड ५३ लाख ८० हजारको बजेट विनियोजन गरेको हो ।
नेपाल सरकारलाई आर्थिक वर्ष०६५/६६ को बजेटका लागि जापान डीआरएफले पनि सहयोग गरेको छ । नेपाल सरकारलाई चालू आर्थिकवर्षा जापानले लागि १ करोड, ५७ लाख ३८ हजार सहयोग गरेको हो । बजेटमध्ये सवैभन्दा बढी २१ लाख ५० हजार पाउने गाविसहरुमा बाहुनडाँडा, वेसीशहर, भोटेओडार, भुलभले, चिती, ढोडेनी, दूधपोखरी, गाउँशहर, घनपोखरा, खुदी, सुन्दरबजार र ताघ्रिङ रहेकाछन् । त्यस्तै, कम पाउने गाविसहरुमा अर्चलवोट, चण्डिस्थान, धुसेनी, गिलुङ, मालिङ, पसगाउँ, पुरानोकोट, समीभञ्ज्याङ, सिन्दुरे, सूयपाल, तार्कु र उत्तरकन्या छन् ।
गणतान्त्रिक नेपालको पहिलो सरकारले विनियोजन गरेको बजेटमा विशेषतः विकट ग्रामीण क्षेत्र र शहजरबजारलाई प्राथामिकता दिईएको छ । शहर र विकटको बीचमा पर्ने गाविसलाई कम प्राथामिकतामा पारेको छ । बजेट गत आर्थिकवर्षो तुलानमा ८९.१४ प्रतिशतले बढी छ । गत आर्थिकवर्षा सरकारले प्रत्येक गाविसलाई १०/१० लाख रुपैँया विनियोजन गरेको थियो ।
बजेटवारे नेकपा माओवादीका नेता मेखबहादुर भण्डारीले बजेट तुलातान्मक हिसावमा बढी भएपनि क्षेत्रगत, विकासगत र जनसंख्यात्मक आधारमा अझैपनि सन्तुलन नमिलेको वताए । त्यसका वावजुत पनि सरकारले मंसिरभित्र निर्देशिका पठाएमा पुस मसान्तसम्म जिल्ला विकास समिति र गाविसको परिषद् गराएर बजेटलाई सदुपयोग गर्ने वताउनुभयो । उनले सरकारले विनियोजन गरेको रकम प्रिmज नहुने दावी गरे । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद कोईरालाले तुलानात्मक र अनुपातमा ठिक भएको वताए, तर जनघनत्वको हिसावमा बजेट अपुग भएको उनको भनाई थियो । अहिलेको वजेट गाविसका लागि पर्याप्त नभएको वताउँदै नेता कोईरालाले हरेक गाविसका लागि कम्तीमा ५० लाखको प्रस्ताब नेपाली कांग्रेसले गरेको वताए । त्यसका वावजुत पनि विनियोजित रकम समयमा आउनुपर्ने र पैसाको दुरुपयोग हुन नहुने वताए । यसका लागि कर्मचारीहरुले समयमा काम गर्नुपर्ने कोईरालाको भनाई थियो ।
नेकपा एमालेका नेता धनञ्जय दवाडीले सरकारले विनियोजन गरेको वजेट सामान्यतया सन्तुलन मिलेको वताए । स्थानीय निकाय नबुन्जेल विनियोजित बजेट सदुपयोग नहुनेमा शंका ब्यक्त गर्दै उनले भने, 'पुसमा जिल्ला परिषद् र गाउँ परिषद् भएपनि सवै रकम ५/६ महिनामा खर्च हुन्छ भन्ने ग्यारेन्टी छैन ।' उनले रकम फि्रज हुने संभावना समेत रहेको वताए ।
हुनपनि स्थानीय निकाय नवनेको अवस्था छ । स्थानीय निकायको पर्ुनर्वहाली नभएका कारण गत आर्थिकवर्षा पनि केहीमात्रामा रकम प्रिmज भएको थियो ।

Posted on:November 24, 2008, 4:58 am

No comments:

Post a Comment