Thursday, May 19, 2011

जाडो छल्न शहरबजार झर्दै मनाङ्गी

आश गुरुङ 'प्रतीक'
आश गुरुङ 'प्रतीक', लमजुङ, पुस २३ गते ।
Manangeजाडोले सताउन थालेपछि हिमाल पारिको जिल्ला मनाङका वासिन्दा धमाधम शहरबजार र्झन थालेका छन् ।
हिउँदको मौसम विषेश गरि पुस माघमा अत्याधिक जाडो बढ्ने गरेकाले उनीहरु घरवार छोडेर जाडो छल्न शहरबजार झरेका हुन् ।
सिंगो जिल्लामा १३ वटा गाउँ विकास समिति भएको मनाङमा पछिल्लोपटक हिउँ पर्न थालेपछि एक्कासी बढेको जाडोले खाङ्सर, टंकी मनाङ, मनाङ, ङावल, घ्यारु, पिसाङ लगायत गाविसका वासिन्दाहरु जाडो छल्न झरेका छन् । मनाङ जिल्लाको तल्लो भेग मानिएको चामे, ताचै बगरछाप, थोँचे र धारापानी गाविसका मानिसहरुपनि अहिले शहरबजार र्झन थालेकाछन् ।
मनाङवाट मानिसहरु र्झन थालेपछि त्यहाँका अधिकांश घरहरु खाली भएका छन् । मनाङबाट झर्नेहरु अहिले लमजुङको सदरमुकाम वेसीशहर, नगरोन्मुख भोटेओडार साथै पोखरा, चितवन र काठमाडौँमा डेरा गरि बस्न थालेका छन् । पुस महिना लाग्नेवित्तिकै र्झन शुरु गरेका मनाङवासीहरु फागुनको अन्तिम हप्तामा मात्रै आ-आफ्नो गाउँ र्फकनछन् ।
विटक ग्रामीण क्षेत्रका वासिन्दाहरु आर्थिक हिसावले कमजोर भएका कारण उनीहरु मनाङवाट नजिक सानो शहरमा वसेका हुन् भने आर्धिक हिसाबले धनी मानिनेहरु ठूला ठूला शहर पसेका छन् । गाउँवाट मानिसहरु शहर पस्न थालेपछि गाउँका ४/५ घरलाई हेर्न एक जनको दरले मानिस राख्ने गरेका मनाङकार् इन्सेक प्रतिनिधि कमान गुरुङले वताएकाछन् ।
मनाङवाट जाडो छल्न झर्नेहरु प्रायः महिला तथा बालावलिका छन् । श्रीमान् तथा घरका छोरा मान्छेहरु विदेश गएका र ब्यापारमा लागेकाले महिला साथै वालवालिका शहर झरेका हुन् । मनाङ जिल्लाका विकट ग्रामीण क्षेत्रहरुमा पुरुषहरु प्रायः देखिँदैन ।
जैविक तथा जातीय विविधता भएको नेपालमा यस्ता पनि ठाउँ र मानिसहरु छन्, जहाँका मानिसहरु वर्षरी आफ्नो घरमा समेत वस्न पाउँदैनन् । उदाहरणको रुपमा देखिएको मनाङका वासिन्दा एक/दुई पटक नभएर वर्षौ पिच्छे यसरी र्झन बाध्य छन् ।

Posted on:January 7, 2009, 4:42 am

No comments:

Post a Comment