Thursday, May 19, 2011

बृद्ध दम्पत्ती लुटिए

आश गुरुङ 'प्रतीक'
लमजुङ, पुस २३ गते । बृद्ध भत्ताका लागि सिफारिस बनाउन आएका तनहुँका एक बृद्ध दम्पत्ति लमजुङमा लुटिएकाछन् ।
तनहुँको दुलेगाँडा बस्दै आएका गजबीर गुरुङ र उनकी श्रीमती लमजुङको गाउँशहर गाविस वडा नं. ३ रानीकुवामा हिजो साँझ लुटिएकी हुन् ।
पुरानो घर नाल्मा गाविस वडा नं. १ ज्यारखाङ रहेका गुरुङ दम्पत्तीवाट बाट एक/एक तोल सुनको दुईवटा औँठी, गुरुङकी श्रीमतीले लगाएको कानको एक तोलाको रिङ र आधा तोलाको असर्फी औँठी लुटेर लगेको प्रहरीले जनाएको छ । अन्दाजी ८०/ ७५ बर्षो बृद्धबृद्धालाई विहोस बनाएर लुटेको समेत प्रहरीले जनाएको छ ।
उपचारका लागि तत्काल वेसीशहरस्थित जिल्ला सामुदायिक अस्पतालमा ल्याईएको ती दम्पत्तिको उपचार हुन नसकेपछि आफन्तको जिम्मा लगाएर तत्काल पोखरा
पठाईएको छ । अचेत अवस्थामा रहेकाले श्रीमतीको नाम भने खुल्न सकेको छैन । उनीहरुले दुलेगौँडावाट नगरिकता बनाईसकेको र बृद्धा भत्ताका लागि लमजुङवाट सिफारिस दिन नमिल्ने भएपछि हिजो साँझ उनीहरु सदरमुकाम वेसीशहर झरेका नाल्मा गाविसका सचिब हितमान गुरुङले वताएका छन् ।

Posted on:January 7, 2009, 4:34 am

No comments:

Post a Comment