Tuesday, May 17, 2011

अर्को समितिलाई ८४ बाख्रा प्रदान

आश गुरुङ 'प्रतीक',
लमजुङ, पुस ३ गते ।
लमजुङको सिम्पानी गाउँ विकास समितिका महिलाहरुले खुदी गाउँ विकास समितिका महिलाहरुलाई ८४ वटा बाख्रा प्रदान गरेकाछन् ।
न्यून आयस्तर भएका महिलाहरुको जीवनस्तर उकास्न पशु सेवा कार्यालय लमजुङको बाख्रा पैँचो कार्यक्रम अन्तरगत एउटा समूहले अर्को समुहलाई बाख्रा प्रदान गरेको हो ।
सिम्पानीको प्रगति बाख्रा पैँचो समितिले खुदीको जनचेतना बाख्रा पैँचो समितिमा आवद्ध ४२ जना महिलालाई दुई/दुईवटाका दरले बाख्रा वितरण गरेको पशु सेवा कार्यालय लमजुङका पशु चिकित्सक डाक्टर गौरीमान श्रेष्ठले जानकारी दिनुभएको छ । बाँकी बाख्रालाई पुस महिनाभित्रमा प्रदान गरिने प्रगति बाख्रा पैँचो समितिले जनाएको छ । पशु सेवा कार्यालयले प्रगति बाख्रा पैँचो समितिलाई गतवर्षएकसय ५० वटा बाख्रा वितरण गरेको थियो ।

Posted on:December 18, 2008, 3:41 am

No comments:

Post a Comment