Tuesday, May 17, 2011

झोलुंगेपुल निर्माणकार्य स्थगित

आश गुरुङ 'प्रतीक',
लमजुङ, पुस ३ गते ।
मध्यमर्स्याङ्दी जलविद्युत परियोजनाको जलाशय पार हुनेगरि निर्माण शुरु गरिएको झोलुङ्गेपुलको आज विहिवारदेखि निर्माणकार्य स्थगित भएको छ ।
लमजुङको उदीपुर गाविस वडा नं. २ र चिती गाविस वडा नं. ६ जोडिने गरि निर्माण थालिएको पुललाई चितीका वासिन्दाको अवरोधका कारण स्थगित भएको हो ।
नेपाल विद्युत प्राधिकरणको सहयोगमा एकमहिनाअघि निर्माण थालिएको सो झोलुङ्गे पुलको दुवैतर्फबलियो जग र नझोलिने खालको पुल बनाउन माग गर्दै स्थानीयवासिन्दा आन्दोलनमा उत्रिएका हुन् । त्यस्तै, पुलवाट चिती गाविसको कच्ची सडक निर्माण गरिदिनसमेत नेपाल विद्युत प्राधिकरणलाई स्थानीयवासिन्दाले माग गरेकाछन् । मध्यमर्स्याङ्दी जलविद्युत परियोजनाका लागि जलशाय बनाउनुपरेकाले यसअघिको पुललाई भत्काईएको थियो । माग पुरा नभएसम्म पुलको निर्माणकार्य रोक्ने चितीका गोपालबाबु तिवारीले वताएकाछन् ।

Posted on:December 18, 2008, 3:45 am

No comments:

Post a Comment