Tuesday, May 17, 2011

नदी कटानले ६ घर भत्कियो, ८ घर जोखिममा

आश गुरुङ 'प्रतीक'
लमजुङ, पुस १८ गते ।
लमजुङको बीचभाग भएर बाग्ने मर्स्याङ्दी नदीले कटान गरेपछि भारते गाउँ विकास समिति वडा नं. २ स्थित वेलघारी बजारमा रहेका ६ घर पूर्ण रुपमा भत्केको छ भने ८ घर जोखिममा परेको छ ।
मर्स्याङ्दी नदीले कटान गरेपछि पहिरोले जमिन भासिँदा स्थानीय टेकलाल श्रेष्ठ, बिष्णु कुमार श्रेष्ठ, नुर महमद मिया, जंगबहादुर थापा र छविलाल आलेमगर लगायत गरि ६ घर पूर्ण रुपमा भत्केको हो । मर्स्याङदी नदिको कटानका कारण दुइ दिन देखि लगातर रुपमा जमिन भासिने र पहिरो झर्ने क्रम जारि रहेको छ । पहिरोको कारण आशकाजी श्रेष्ठ, चिनकाजी श्रेष्ठ, बिष्णु श्रेष्ठ, ताज महमद मिया, तुलाराज गुरुङ, राज कुमार पाण्डे, रुपकाजी श्रेष्ठ लगाएतका आठ घर जोखिमा परेका छन । जोखिममा परेका घर पनि आधा भत्केर झर्ने क्रम जारी रहेको छ । दिउसोको सयमयमा गएको पहिरोको कारण मानविय क्षति भने नभएको इलाका प्रहरी कार्यालय भोटेवडारका प्रहरी निरीक्षक भेषराज रिमालले बताउनुभयो । नदीले कटान गरेपछि घर भत्किने क्रमसंगै स्थानीयवासिन्दा विस्थापित भएकाछन् ।
मध्यमर्स्याङदी जल बिद्युत परियोजनाले बेलघारीबाट ५ किलोमिटर माथी रहेको बाँध स्थलबाट पानी टनेलमा पठाए पछि मर्स्याङदीको तिरमा पुल निर्माणको कार्य त्रि्र पारिएको थियो । तर, हाल मध्यमर्स्याङ्दीमा विद्युत उत्पादन बन्द भई टनेलमा पानी पठाउन रोकेर पुरानै बाटोमा फर्काइए पछि बढेर आएको नदिले एक्कासी कटान गरेको स्थानियबासी शरद कुमार श्रेष्ठले वताउनुभयो ।
मर्स्याङदी नदिमा निर्माण गर्न लागिएको भोटेवडार-बेलघारी मोटरेवल पुलको जग खन्ने क्रमसँगै मर्स्याङदी नदिले कटान गरेको हो ।

Posted on:January 2, 2009, 9:00 pm

No comments:

Post a Comment