Tuesday, May 17, 2011

गुरुङ कवितामा विमला प्रथम

आश गुरुङ 'प्रतीक'
लमजुङ, पुस १८ गते ।
लमजुङको सदरमुकाम वेसीशहरमा आज शुक्रवार आयोजना गरिएको जिल्लास्थित विद्यालयास्तरीय गुरुङ भाषाको कविता प्रतियोगितामा विद्याज्योति माध्यमिक विद्यालय तार्कुकी विमला गुरुङ प्रथम भएकी छन् ।
त्यस्तै, जनविकास उच्च माध्यमिक विद्यालय वेसीशहरकी कल्पना घले द्वितीय र लालमाया गुरुङले तेश्रो स्थान हात पारेकी छन् । कविता प्रतियोगितामा वेसीशहरस्थित भूपू सैनिक आवासीय उच्च माविका अजय गुरुङ र विद्या विकास उच्च माविका धु्रवतारा गुरुङ सान्त्वना भएका छन् । विजयी विद्यार्थीहरुलाई भोलि शनिवार तमु छोँज धिँ लमजुङले आयोजना गर्न लागिएको ल्होसार विशेष कार्यक्रममा पुरस्कार वितरण गरिने वताईएको छ ।
गुरुर्ङर् इतिहासकार तथा पैँडर्ीर् इन्द्रबहादुर गुरुङको प्रमुख आतिथ्यमा भएको गुरुङ भाषाको कविता प्रतियोगिता हिमालचुली कला साहित्य प्रतिष्ठान लमजुङ र तमु छोँज धीँ लमजुङले आयोजना गरेको हो ।

Posted on:January 2, 2009, 9:02 pm

No comments:

Post a Comment