Tuesday, May 17, 2011

खुदी जलविद्युत पाँच महिना देखि बन्द


आश गुरुङ 'प्रतीक'
लमजुङ, पुस १७ गते - देशमा लोडसेडिङ बढीरहेको अवस्थामा पाँच महिना देखि बन्द लमजुङको खुदी जलविद्युत आयोजना सञ्चालनमा आउन सकेको छैन । चार मेगावाट क्षमताको यो जलविद्युत आयोजना बाढीले क्षति पुर्‍याएपछि गत भदौ देखि बन्द छ । आयोजना बन्द भएपछि लमजुङमा पटक-पटक विद्युत बन्द हुने समस्या देखिएको छ । खुदी जलविद्युत आयोजना एक दिन मात्र बन्द हुँदा तीन लाख घाटा ब्यहोर्नुपरेको आयोजनाले जनाएको छ ।
बाढीले आयोजनाको बाँध, पानी फर्काउने डार्इभर्सन, इन्टेक बगाउनुका साथै विद्युत गृहमा क्षति पुर्‍याएको छ । क्षति बढी भएकाले आयोजना पुनः सञ्चालन गर्न थप एक महिना लाग्ने आयोजना प्रमुख सुन्दर श्रेष्ठले जानकारी दिनुभएको छ । बाढीले तीन करोडभन्दा बढी क्षति पुर्‍याएको र भएको आयोजना सञ्चालक समितिका निर्देशक डिकेन्द्रराज कँडेलले बताउनुभयो ।
२०६३ साल पुस १५ गतेदेखि संचालनमा आएको सो विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिएपनि जिल्लालाई विद्युत प्रवाहमा सहयोग पुगेको थियो । ६० करोड रुपैँयामा निर्मित खुदी जलविद्युत आयोजनामा वुटवल पावर कम्पनीको ६०, एसीपी क्यानडाको २५ र लमजुङ विद्युत विकास कम्पनीको १५ प्रतिशत लगानी रहेको छ । रन अफ द रिभर प्रविधिमा निर्मित यो आयोजना संचालनमा आएको साढे सात बर्षपछि नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गर्ने सम्झौता भएको छ ।

Posted on:January 1, 2009, 1:28 am

No comments:

Post a Comment