Tuesday, May 17, 2011

माघदेखि गाउँगाउँमा साक्षरता अभियान

आश गुरुङ 'प्रतीक',
लमजुङ, पुस ८ गते - पहाडि जिल्ला लमजुङमा रहेको ६१ वटा गाउँ विकास समितिमा माघ महिनादेखि साक्षरता अभियान कक्षा संचालन गरिने भएको छ । साक्षतरता संवन्धि सरकारको योजना अनुरुप वसेको र्सवपक्षीय बैठकले सो निर्णय गरेको हो । बैठकले सरकारको निर्देशिका अनुसार साक्षरता अभियान अन्तर्गत पुस महिनाभित्रमा आवश्यक तयारी पुरा गरि माघ १ गतेदेखि गाउँगाउँका वडाहरुमा कक्षा संचालन गर्ने निर्णय गरेको हो । त्यसका लागि प्रत्येक गाउँ विकास समितिमा गाउँस्तरीय साक्षरता अभियान समिति गठन गर्ने, सक्षरता स्वयंसेवक तथा निरीक्षकहरुको नियुक्ती गर्ने, निरक्षरहरुको तथ्याङ्क संकलन गर्ने लगायतका कार्य गरिने वताईएको छ ।
साक्षरता कक्षा संचालनका लागि जिल्ला साक्षरता अभियानले शिक्षा कार्यालयसंग कोटा माग गर्ने, पुस महिनाभित्र जिल्ला शिक्षा कार्यालयले विद्यालय निरीक्षक र श्रोत ब्यक्तिहरुलाई पाँचदिने प्रशिक्षण तालिम दिने वताईएको छ । त्यस्तै, समितिले जिल्लाभरिमा आवश्यक पर्ने कोटा निर्धारण गर्ने, जिल्ला विकास समितिले पाठ्यपुस्तक छपाई र वितरणको ब्यवस्था मिलाउने र गाविसहरुले कक्षा संचालनका लागि मसलन्द सामाग्री वितरण गर्ने कार्यक्रम तय गरिएको छ ।
बैठकमा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, स्थानीय विकास अधिकारी, निमित्त जिल्ला शिक्षा अधिकारी, शिक्षक संघसंगठनका प्रतिनिधि, नेपाल पत्रकार महासंघ, जिल्ला विकास समितिको कार्यालय, सामुदायिक वन उपभोक्ता महासंघ लगायतका प्रतिनिधिहरुको सहभागीता थियो ।

Posted on:December 23, 2008, 2:42 am

No comments:

Post a Comment