Tuesday, May 17, 2011

स्वास्थ्य शिविरमा तीनसय लाभान्वित

आश गुरुङ 'प्रतीक'
लमजुङ, पुस ६ गते - पश्चिमी लमजुङको जितामा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरवाट सो क्षेत्रका करीब तीनसय भन्दा बढी र्सवसाधारण लाभान्वित भएकाछन् ।
जिता गाविस वडा नं. ८ को सप्तधारा माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिएको शिविरमा पाठेघरसंवन्धि समस्याको उपचार, हाड जोर्ने र सामान्य स्वास्थ्य परीक्षण सेवा दिईएको थियो ।
शिविरमा लमजुङ जिल्ला सामुदायिक अस्पतालका डाक्टर सुमन तामाङसहितको आठजना स्वास्थ्यकर्मीको टोली खटिएको थियो । निःशुल्क स्वास्थ्य शिविरमा बढीमात्रामा महिलाहरुले सेवा लिएको आयोजक रोट्रयाक्ट क्लब अफ लमजुङका अध्यक्ष शक्तिराज गुरुङले जानकारी दिनुभएको छ । निःशुल्क स्वास्थ्य शिविर रोट्रयाक्ट क्लब अफ लमजुङ र सप्ताधारा माविस्थित जुनियर रेडक्रस र्सकलको आयोजनामा भएको थियो ।
शिविर जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङ, लमजुङ जिल्ला सामुदायिक अस्पताल, लमजुङ सिक्टि्रन जवान एकता, पोखरास्थित एमबीसी अफ इन्डिया र भण्डारी मेडिकल हल दमौलीको प्राविधिक सहयोगमा शनिवार निःशुल्क स्वास्थ्य शिविर भएको थियो ।


Posted on:December 21, 2008, 12:00 am

No comments:

Post a Comment