Sunday, May 15, 2011

साहित्यकारले दाइँ हाले, हिमालचुलीको दाइ साहित्य यात्रा

रबिन राउत - लमजुङ

मसिंर- ८, लमजुङ - एका बिहानै एक हुल साहित्यकारहरु हिमालचुली कला साहित्य प्रतिष्ठानले रिजर्भ गरेको बसमा भोटेओडार हुदै पाउँदीमा पुगेर ओर्लन्छन् । मर्स्याङदी माथिको झोलुगे पुल तरेर आधा घन्टाको हिडाइ पछि तार्कुघाट ३ हर्राबोटका खेतका फाँट हुदै स्थानीय पदमराज थपलियाको दाइ हाल्ने खलोमा पुग्छन् ।
स्थानीय आमा समूहहरुले दहँरेहरुलाई रातो टिका र फूलका गुच्छाले स्वागत गर्छन् । केही क्षणपश्चात चियापान गरेपछि वेसिशहरबाट गएका एक हुल करिब ५० जनाको साहित्यकार ,सञ्चारकर्मि, संघसंस्था, राजनीतिकदलका प्रतिनिधि, जिल्ला कृषि विकास कार्यलयका कमचारी, गायक गायिकाहरुलाई आयोजकले आफूहरुले दाइ साहित्य तथा कृषक दिवसको मेलाका लागी दाइ हाल्न दहगरेको रुपमा बोलाएकोले काम गर्न आग्रह गर्छन् ।
मेदीनी सुवेदीले धानको कुन्यूको जुरो झिकेर दाइ साहित्य यात्रा कृषक दिवसको उदघाटन गरे । तीन हल गोरु बाँधेको खलाको मियो रङ्गी चङ्गी फूलमालाले सिंगारिएको थियो । धेरै जना भएर होला पालै पालो धान झाट्ने, पराल छिरल्ने, गीत गाउदै गोरु धपाउने काम हुन थाले । त्यसै क्रममा कवि मृगेन्द्र घिमिरे र कृष्ण ओलियाले माइक बाट दहेँरेलाई आ- आफ्ना रचना सुनाउन आग्रह गरे । कोही कुन्यूमा गएर त कोही गोरु धपाउदै कोही मञ्चबाट गीत गजल , कविता सुनाउन थाले ।
सुन जस्तो परालमा मिलिजुली साथी
घुम भाइ हो बरादो बहरका ताती
माडन भाइ हो बरादो सुन जस्तो धान
सुन जस्तो धान भित्र चाँदी जस्तो फल
ह..ह....ह...........
कवि कृष्ण न्यौपाने गोरु धपाउदै यस्तै भन्दै थिए ।
उता गायिका पवित्रा थापा मगर लगायतका महिलाहरु पुरुषसँगै दाँजिएर धान झाँटिरहका थिए । माइक बाट पवित्रालाई गीत गाउन अफर आयो । उनी मञ्चमाम पुगिन् ।
धानको बाला पहेंलै झुल्यो
दाइँको भाका गाउँघरमा लौ खुल्यो
दुखी छैन मन, सबको घरमा भकारी भरियो मंसीर महिनामा.......-.-
अत्यन्तै सुरिलो र मीठो स्वरकी धनी पवित्राले विच विचमा यसरी नै गीत गाउदा दगरे तथा फाँटका सिकसानहरु ठाडो कान लगाएर सुन्थे ।
स्थानीय बुद्धिमान, शम्शेर , मोहन गर्न्धर्व लगायतले सारङ्गी बजाउदै विरहका गीत गाउदा श्रोता दर्शक भावुक बनेका थिए तर बीच बीचमा रोमान्टिक गीत गाउँदा भने धेरे जना नाचे पनि ।
हिमालचुली कला साहित्य प्रतिष्ठान लमजुङका अध्यक्ष आनन्द घिमिरेले दाइँ साहित्य गर्नुकोकारण खुलाउदै भने -'साहित्यको शुरुवात दाइँ, रोपाइ र विवाहमा गाइने श्लोकहरुबाट उत्पति भएको पाइन्छ । त्यसको जगेर्ना गर्न हामीले दाइँ साहित्य र रोपाई साहित्य गत वर्षेखि गर्दै आएका हौ ।'
दाइँ साहित्यमा लमजुङ कृषि विकास कार्यलय , सामुदायिक अभ्ययन केन्द्र तार्कुघाट,सर्वोदय सेवाश्रम, र मिलिजुली सहकारी संस्था तार्कुघाटको सहयोग भएको दाइँ साहित्यमा वेसिशहरबाट गएका साहितयप्रेमि तथा साहित्यकारहरुले दिनभर दगरेको रुपमा कविता , गजल, गीत सुनाउदै धान पराल थक्याए ।
दाइँमा लस्कर लगाएर खलेजातो खादा पिक्नीक गएको र छुट्टै रमाइलो भएको धेरैले महशुस गरे ।


Posted on:November 23, 2008, 4:15 am

No comments:

Post a Comment