Sunday, May 15, 2011

फलफूल झरेपछि दुराडाँडाका किसान चिन्ति

रबिन राउत लमजुङ

लमजुङ ८ मंसीर - द्राडाँडाका स्थानीय किसान अमिलो जातका फलफूलमा रोग लागे पछि चिन्तित बनेका छन ।
किसानहरुका अन्सार स्न्तला , कागती , मौसम, ज्नार , निवुवा लगायतका फलफूल नपाक्दै झर्ने गरेकाले चिन्तित बनेका हुन । दुराडाँडाका किसान दिपक पौडयलले समय नपुग्दै फलफूल झर्ने गछन ।
त्यसो त लमजुङका दुराडाँडा, कुन्छा, तार्कु, चिति, उदिपुर,मोहोरियाकोट, भोर्लेटार, खुदी , भुलभुले, सिम्पानी, बाँझाखेत लगायतका गाविसहरुमा सुन्तला, निवुवा, कागती , मौसम, भोगटे लगायतका फलफूल नपाक्दै भटाभट कुहिएर झर्ने गर्दा किसानहरु मर्माहत बनेका हुन् ।
अमिलो जातका फलफूल लाग्ने ग्रिनिङ भाइरस रोगका कारण सुन्तलाको बोट मर्ने, पात पहेलो हुदै जाने ,जरा कुहिने ,फल पातलो र दाना सानो लाग्ने समस्या अत्याधिक देखिएको छ । स्थानीय किसानहरुका अनुसार सुन्तलामा पनि विगतका वर्षरुमा भन्दा यो वर्षसुन्तलाको बोट सखापै भएर मर्न लागेकोले यो वर्षसुन्तला उत्पादनमा कमि आउने बताए ।
मौसम, कागती, जुनार ,निबुवा लगायतका अमिलो जातको फलफूलमा रोग लाग्नाले फलहरु कुहिएर झर्ने, फल पातलो र दाना सानो लाग्ने समस्या देखिएको छ । दुराडाँडाका अधिकांस किसानहरु फल झर्ने समस्याबाट चिन्तित बनेका छन् । स्थानीय कुष्ण पौड्यलले गाउँका अधिकांस किसान फल झर्ने रोग लागेपछि चिन्तित बनेको बताए ।
फल लागेको दुईमहिना भित्रमा फलमा मालाथिन, मेटासिड,मिथालिजनल लगायतका औषधी र्छर्केर किरा नियन्त्रण गर्न सकिन्छ अझ राम्रो उपाय बगैचा सफा राख्नपर्छ सुवेदीले भने । किराले फल लागेको एक देखि दुई महिनामा फल छेडेर फल भित्र फूल पार्छ पछि गएर लार्भाले फल खान थालेपछि फल झर्नै गर्छ । यो दुईमहिना भित्रमा फलफूलमा रासायिनिक औषदी र्छर्केर किराको नियन्त्रण गर्न सकिन्छ ।
जिल्ला कृषि विकास कार्यलयका वरिष्ठ बागवानी अधिकृत डोल कृष्ण सुवेदीले अमिलो जातका फलफूलमा विगतका वर्षरुमा भन्दा वर्ष पिच्छे रोग र किरा बढ्दै गएको र यसको रोकथाम र नियन्त्रण असम्भव भएको बताउदै यो समस्या लमजुङको मात्रै नभएर मुलुककै समस्या भएको बताए । फलफूल कुहिर झर्नै रोगलाई फ्रुट फ्लाई -डेकस डारसालीस) भनिन्छ ।

Posted on:November 23, 2008, 4:07 am

No comments:

Post a Comment