Tuesday, May 17, 2011

लाख ऋण बोकेर गाउँमा मोटरवाटो

आश गुरुङ 'प्रतीक'
लमजुङ, पुस १६ गते । लमजुङको तार्कु गाउँ विकास समितिका वासिन्दाले ऋण बोकेरै भएपनि आफ्नो गाउँमा मोटर पुर्‍याएका छन् ।
गाउँवाट सदरमुकाम आउने जानेमा असुविधा भएका कारणले १७ लाख ऋण बोकेर गाउँमा मोटरवाटो पुर्‍याएका हुन् । गाउँमा मोटरवाटो पुगेपछि तार्कु गाविसको गहते गाउँमा आज बुधवार पहिलोपटक मोटर समेत पुगेको छ ।
सदरमुकाम वेसीशहरवाट नगरोन्मुख शहर भोटेओडार, सुन्दरबजार, खत्रीठाँटी हुँदै गहते गाउँमा पुगेको मोटरलाई स्थानीय आमा समूह र युवा क्लब साथै विद्यार्थीहरुले भब्य स्वागत गरेका थिए । गाउँमा मोटर बाटो र मोटर पुगेको खुसीयालीमा स्थानीयवासिन्दाले ल्होसारको अवसर पारेर हिजो र आज गाउँमा नाचगान कार्यक्रमको आयोजना गरेकाछन् । गहतेमा मोटर पुगेपछि त्यस भेगका तार्कु, चिसापानी लगायत ग्रामीण भेगका वासिन्दा प्रत्यक्ष लाभान्वित भएकाछन् ।
मुलकोट ग्रामीण सडक नामाङ्ककरण गरिएको सो सडक गाउँशहरको चिसापानीसम्म जोडिएको छ भने चिसापनीदेखि सदरमुकाम वेसीशहर सम्मको सडक यसअघि नै निर्माण भईसेकेको छ । मुलकोट ग्रामीण सडक निर्माणका लागि ३२ लाख खर्च भएको सडक निर्माण समितिले जनाएको छ । सडक निर्माणका लागि तार्कु गाविसले तीन लाख, माओवादीको सांसद विकास कोषको ७० हजार सहयोग गरेको समितिले जनाएको छ । बाँकी ११ लाख ३० हजार चन्दा उठाएको र १७ लाख ऋण तिर्न बाँकी रहेको सडक निर्माण तथा उपभोक्ता समितिका हस्तबहादुर गुरुङले जानकारी दिनुभएको छ ।

Posted on:December 31, 2008, 5:36 am

No comments:

Post a Comment