Tuesday, May 17, 2011

गुरुङहरुको उद्गमस्थल लमजुङमा ल्होसार

आश गुरुङ 'प्रतीक'
Besishahar Magar Khana loh chhar लमजुङ, पुस १५ गते ।
गुरुङहरुको उद्गमस्थल लमजुङका गुरुङहरुले १५ पुस अर्थात आफ्नो महान चाड ल्होसारलाई आज मंगलवार धुमधामका साथ मनाएका छन् ।
विशेष गरि लमजुङका गुरुङहरुले टाढा टाढा रहेका आफन्तसंग भेटघाट गर्नुका साथै नयाँ नयाँ लुगा लगाएर, सेलरोटी, खिर लगायत मीठा मीठा खानाका परिकार बनाएर खाने र नाचगान गरि हर्षोलासका साथ यसपटकको ल्होसार मनाएकाछन् ।
ल्होसारका दिन लमजुङ सदरमुकाम वेसीशहरमा सडक तथा खाना महोत्सवको आयोजना समेत गरिएको थियो । गाउँमा रहेका टोलटोलमा स्यो कैँ अर्थात भोज खाने चलनको विकल्पमा सदरमुकाम वेसीशहरको गणतान्त्रिक चोकमा महोत्सवको आयोजना गरिएको थियो ।
Newari Khanaवेसीशहरस्थिति त्रिवेणी क्लब, लमजुङ मर्स्याङ्दी क्लब र वेसीशहर युथ सोर्साईटीको आयोजनामा आज दिउँसो सडक र खाना माहोत्सवको आयोजना भएको थियो । त्यस्तै, तमु छोँज धीँ वेसीशहर्रर् इकाईको आयोजनामा तमू संग्रहालय भवनमा वेसीशहर भरिका युवायुवतीहरुबीच चियापान कार्यक्रमको आयोजना गरिएको थियो । वेसीशहर लगायत अन्य बजारहरु भोटेओडार, सुन्दरबजार लगायतका ठाउँहरुको टोलटोलमा भोज अर्थात स्यो कैँ खाने कार्यक्रमको आयोजना गरिएको थियो । त्यस्तै, गुरुङहरुको घना बस्ती भुजुङ, घनपोखरा, पसगाउँ, गिलुङ, कोल्की, तार्कु लगायतका ग्रामीण भेगमा पनि हर्र्सोल्लासका साथ ल्होसार मनाईएको छ ।
ल्होसारकै अवरसरमा लमजुङका गुरुङहरुले हिजो सोमवार साँझदेखि आ-आफ्नो घरमा दिपावली गरेकाछन् । गुरुङहरुको १२ वर्ग अन्तगरत मंगलवार राती १२ बजेर एक एक मिनेट गएदेखि च्यू ल्हो अर्थात मुसा बर्गलाई विदाई गरिएको छ भने लोँ ल्हो अर्थात गाईवर्ग प्रारम्भ भएको छ ।

तस्वीरमा गुरुङ ल्होसारको अवसरमा लमजुङ सदरमुकाम वेसीशहरमा आयोजना गरिएको सडक र खाना महोत्सवमा आ-आफ्ना परिकारका साथ मगर र नेवारी महिलाहरु ।
तस्वीरः आश गुरुङ 'प्रतीक'

Posted on:December 30, 2008, 7:05 am

No comments:

Post a Comment