Tuesday, May 17, 2011

सरकारविरुद्ध सडक आन्दोलन गछौ देउवा

आश गुरुङ 'प्रतीक'
लमजुङ, पुस १९ गते - नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सहमति अनुसार सरकारले काम नगरे सरकार र माओवादीविरुद्ध सदन र सडकवाट एकैसाथ आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।
नेपाल शिक्षक संघ लमजुङको छैटौँ अधिवेशनलाई आज शनिवार सदरमुकाम वेसीशहरमा संवोधन गर्दै नेता देउवाले सो कुरा वताउनुभएको हो ।
माओवादीले तीनमहिना भित्र आफूले कब्जा गरेका सरकारी तथा गैरसरकारी साथै ब्यक्तिगत सम्पत्तिहरु फिर्ता गर्ने प्रतिवद्धता जनाएको भन्दै नेता देउवाले त्यतिवेलासम्म पर्खिने र कार्यन्वयन नभए जो कसैलाई पनि नछाडिने वताउनुभयो । समुन्नत नेपाल बनाउन शान्ति नै आवश्यक भएकाले शान्ति र अमन चयनका लागि वाईसीएल र युथफोर्स विघटन गरिनुपर्ने देउवाको भनाई थियो । उहाँले माओवादी नेतृत्वको सरकारले आफ्ना सवै माग पुरा गरे उनले भनेका सवै कुरा स्वीकार्न सकिने वताउनुभयो ।
हतियार, बुलेट र बन्दुले प्रजातन्त्र नआउने सम्भावना देखेका माओवादीको उद्देश्य फेल खाएको भन्दै माओवादी नेपाली कांग्रेससंग झुक्न बाध्य भएको उहाँको भनाई थियो । माओवादीले अधिनायकवाद लादेर प्रजातन्त्रको खिल्ली उडाएको चेतावनी दिँदै नेता देउवाले भन्नुभयो, 'माओवादी नतृत्वका सरकारमा न प्रजातन्त्र छ, न अनुशासन नै ।' माओवादी बनाउने शक्तिका रुपमा नभएर भत्काउने शक्तिका रुपमा देखिएकाले नेपाल अहिलेको स्थितिमा आएको चर्चा समेत गर्नुभयो । शिक्षा र स्वास्थ्यमा अहिले सवैभन्दा ठूलो बजेट खर्च भएको चर्चा गर्दै नेता देउवाले माओवादी नेतृत्वको सरकारले जनतामा खासै परिवर्तनको आभाष दिलाउन नसकेको वताउनुभयो ।
उहाँले प्राकृतिक छटा र जलश्रोतको धनी भएको जिल्ला लमजुङ भएका कारण देशमा विद्यामान लोडसेडिङलाई चुनौति दिएर लमजुङ लोडसेडिङमुक्त जिल्ला घोषणा गर्नुपर्ने वताउनुभयो । निर्माणकार्य सकिएपनि सरकारको लाचारीपनले गर्दा मध्यमर्स्याङ्दी जलविद्युत परियोजना संचालनमा आउने नसकेको उहाँको भनाई थियो । ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत परियोजना माओवादीकै कारण निर्माण र लागत दोब्बर भएको समेत देउवाले आरोप लगाउनुभयो ।
कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष मोहन ज्ञवालीले माओवादीका चन्दा आतंक अझै जारी रहेको वताउनुभयो । आफ्नो गाउँगाउँका सदस्यलाई माओवादीको आवरणमा चन्दा उठाउँदै गरेको आरोप लगाउँदै माओवादीको यस्तो कार्य आफूसंग चन्दा मागेर शुरु गर्न चेतावनी दिनुभयो । माओवादीको अतिवादका कारण सरकार आफैँ ढल्ने खतरामा पुगेको समेत उहाँले वतामउनुभयो ।
कार्यक्रममा पूर्व स्वास्थ्य सहायकमन्त्री रामचन्द्र अधिकारी, पर्ूव राज्यमन्त्री रामबहादुर गुरुङ, नेपाली कांग्रेसका केन्द्रय दिलबहादुर र्घर्ती, नेपाली कांग्रेस कास्कीका सभापति यज्ञबहादुर थापा, लमजुङ सभापति तुलसीनारायण श्रेष्ठ, पूर्व सभापति चन्द्रबहादु कुँवर लगायतले माओवादी नेतृत्वको सरकार र माओवादीको चर्को आलोचना गरेका थिए ।

Posted on:January 3, 2009, 7:42 am

No comments:

Post a Comment