आश गुरुङ 'प्रतीक'

लमजुङकोर् इशानेश्वर गाउँ विकास समिति वडा नं. ६, लामाचौर घर भएका ४९ वषिर्य घिमिरेको शव उदीपुर गाविसमा पर्ने मध्यमर्स्याङ्दी जलविद्युतको जलाशयमा भेट्टएिको हो ।
घिमिरेको शव जलाशयमा तैरिँदै गरेको अवस्थामा स्थानीयवासिन्दाले देखेपछि प्रहरीले निकालेको थियो । शव पोष्टमार्टमका लागि लमजुङ जिल्ला सामुदायिक अस्पताल ल्याईएको छ ।
घिमिरेलाई माओवादी जिल्ला संगठन समितिले आचरण ठिक नभएको भन्दै एकमहिनाअघि निलम्बन गरेको माओवादी कार्यालय सचिब मेखबहादुर भण्डारीले वताउनुभएको छ । घिमिरे करीब २ सातादेखि पार्टीको सर्म्पर्कबीहिन भएको समेत भण्डारीले वताउनुभयो । घिमिरेको निलम्बन र सम्पर्क बीहिन भएको कुरालाई माओवादीले र्सार्वजनिक नगरेकाले उनको मृत्यू रहस्यमय तवरले भएको अनुमान गरिएको छ । २०६१ सालवाट माओवादीमा लागेका घिमिरेका ४ छोरी र आमा छन् ।
Posted on:January 4, 2009, 5:44 am
No comments:
Post a Comment