Tuesday, May 17, 2011

वेसीशहर-स्याँगे सडक खण्ड अवरुद्ध

आश गुरुङ 'प्रतीक'
लमजुङ, पुस १८ गते ।
बेसीशहर-चामे सडक खण्ड अन्तर्रगत लमजुङको सदरमुकाम वेसीशहरदेखि स्याँगेसम्मको सडक आज शुक्रवार विहानवाट अबरुद्ध भएको छ ।
खुदीस्थित अमर उच्च माध्यमिक विद्यालयको एमाले निकट अनेरास्ववियु विर्द्यर्थीहरुले ४५ प्रतिशत गाडी भाडा छुटको माग गर्दै गाडि चल्न नदिएपछि सडक अवरुद्ध भएको हो । सदरमुकाम वेसीशहरवाट छुटेको गाडि र स्याँगेवाट छुटेको गाडिलाई विद्यार्थीहरुले खुदीबजार नजिकै रोकेर राखेकाछन् ।
तीन दिन अघि अनेरास्ववियुले कालिका माईक्रोबस व्ययबसायी समितिमा विर्द्यर्थी समुहलियत कायम गर्न माग गर्दे ज्ञापनपत्र बुझाए पनि सहुलिएत नदिएको भन्दै अनिश्चितकालीन यातायात बन्द गरेका विद्यार्थीहरुले वताएका छन् । वेसीशहर-स्याँगे सडक खण्डमा गाडि चल्न नदिएपछि अन्नपूर्ण चक्रीय पदमार्गमा जाने र ओहरदोहर गर्ने यात्रुहरु अलपत्र परेकाछन् ।
अनेरास्ववियु अमर उच्च मावि इकाइ कमिटीले विद्यार्थी सहुलिएतको अतिरिक्त अपाङ्ग यात्रुलाई भाडामा पुरै छुट र गरिव तथा असाहृयलाई २५ प्रतिशत छुट दिनुपर्ने माग गरेका छन ।

Posted on:January 2, 2009, 8:18 pm

No comments:

Post a Comment