Tuesday, May 17, 2011

भूपू विद्यार्थी समाजद्वारा दुःख ब्यक्त

आश गुरुङ 'प्रतीक'
लमजुङ, पुस ३ गते ।
लमजुङवाट भारतको नैनीताल पुगि र्फकने क्रममा वर्दिया राष्ट्रिय निकुञ्जमा भएको वस दुघटनाप्रति भूतपूर्ब विद्यार्थी समाजले दुःख ब्यक्त गरेको छ ।
दुर्घटनामा परि विभिन्न अस्पतालमा उपचार भईरहेका लमजुङ दुराडाँडा श्रोत केन्द्रका शिक्षकहरुलाई भूतपूर्ब विद्यार्थी समाजले शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
संस्कृति सदन भूतपूर्ब विद्यार्थी समाज, अर्चल्यानी दुराडाँडा लमजुङले एक प्रेश विज्ञप्ति जारी गरि घटनाप्रति दुःख र र्घाईतेहरुको स्वास्थ्य लाभको कामना गरेको हो ।
भारतको नैनीतालको भ्रमणवाट र्फकनेक्रममा कोहलपुरवाट ४० किलोमीटरको दुरीमा पर्ने बर्दिया राष्ट्रिय निकुञ्जको कतर्निया भन्ने स्थानमा पुस मंसिर २९ गते राती लमजुङ दुराडाँडा क्षेत्रका शिक्षकहरु बस दुर्घटनामा परेका थिए । दुर्घटनामा परि करीब ३५ जना घाईते भएकामा दुराडाँडा क्षेत्र श्रोत ब्यक्ति इन्द्रविलास अधिकारी शिक्षण अस्पताल र ड्राइभर मनबहादुर वस्नेतसहित तीनजना बीर अस्पताल साथै आठ जनाको भरतपुर मेडिकल कलेजमा उपचार भईरहेकोभूतपूर्ब विद्यार्थी समाजले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको वताइएको छ । अन्य र्घाईते भने उपचारपछि घर फर्किएकाछन् ।


Posted on:December 18, 2008, 3:36 am

No comments:

Post a Comment