Tuesday, May 17, 2011

माघ अन्तिम साता लमजुङ महोत्सव

आश गुरुङ 'प्रतीक' - लमजुङ
elamjungलमजुङ, पुस १ गते -लमजुङको सदरमुकाम वेसीशहरमा माघ महिनाको अन्तिम साता दोश्रो लमजुङ महोत्सव २०६५ को आयोजना गरिने भएको छ ।
लमजुङ उद्योग बाणिज्य संघ र जिल्ला विकास समिति लमजुङको संयुक्त आयोजनामा हुन लागेको महोत्सव माघ २४ गतेदेखि लगातार १० दिनसम्म संचालन गरिने भएको छ । महोत्सव आयोजना गरिनेवारे संचारकर्मीहरुसंग आज मंगलवार लमजुङ उद्योग वाणिज्य संघले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।
उद्योग, ब्यापार र पर्यटन प्रवर्द्धन, लमजुङको कला र सांस्कृतिक संरक्षण भन्ने नाराका साथ आयोजना हुन लागेको महोत्सवमा लोक दोहोरी गीत प्रतियोगिता, खाना महोत्सव, विभिन्न जातजातिका संस्कृति प्रदर्शनी, कृषि मेला प्रदर्शनी, जडिबुटी प्रदर्शनी, परम्परागत हस्तकला, ब्यापारिक प्रदर्शनी, बाल उद्यान, फोटो प्रदर्शनी, पुष्प प्रदर्शनी, सरकारी तथा गैरसरकारी कार्यालयका गतिविधि प्रदर्शनी, राष्ट्रिय ख्यात्रि्राप्त कलाकारहरुको प्रस्तुति प्रमुख आकर्षाको रुपमा रहने लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
लमजुङ महोत्सवमा एकलाख भन्दा बढी दर्शक एवं पर्यटक भित्र्याउने र एकसय २० वटा स्टल राखिने तयारी भईरहेको लमजुङ उद्योग वाणिज्य संघले जनाएको छ । दोश्रो लमजुङ महोत्सवका लागि बेसीशहरको सेरास्थित दनाई फाँटलाई चयन गरिएको छ । पहिलो महोत्सव २०६३ सालमा ६ दिनसम्म संचालन भएको थियो ।

Posted on:December 15, 2008, 11:31 pm

No comments:

Post a Comment