Monday, June 20, 2011

पौडेल अपहरण मुक्त भएपछि घटना झन् रहस्यमय

आश गुरुङ 'प्रतीक'
लमजुङ, असोज २३ गते ।
एकीकृत नेकपा माओवादी लमजुङका कार्यालय सचिव देवेन्द्र पौडेल 'प्रताप' आठ दिनपछि अपहरण मुक्त भएपनि अपहरणकारी र घटनाको कारण नखुल्दा घटना रहस्यमय वनेको छ ।

माओवादी जिल्ला संगठन समिति लमजुङद्वारा आज शनिवार आफु नै कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अपहरणकारी र घटनाको बारेमा कुनै तथ्य नबताई पत्रकार सम्मेलन छिट्टो टुङ्ग्याएपछि घटना झन् रहस्मय बनेको हो ।

पत्रकार सम्मेलनमा पत्रकारहरुले 'अपहरण गर्ने र अपहरणका कारण खुलाउन दवाव दिएपछि 'प्रताप'ले आफूलाई अपहरण गर्ने र कारणका बारेमा कुनै कुरा नबताउने शर्तमा छुटेकाले केही बताउन नसक्ने वताए । आफू अपहरण हुनअघि बोलाएका ब्यक्तिका वारेमा पनि 'प्रताप' ले केही वताउन चाहेनन् । उनले कार्यक्रममा आफूलाई जीवनभर सवैभन्दा डर र सुखको क्षण यसपटकको पत्रकार सम्मेलन भएको समेत वताए । 'मलाई आज यो क्षण र्स्वर्ग झैँ लागेको छ' प्रतापले भने, 'मैले यसरी बाँचेर आउने संभावना देखोको थिएन ।'


उनले घटनावारे सवै जानकारी दिन सक्ने अवस्थामा नभएको वताउँदै शुरुको दिन डुम्रेको बन्दीपुर होटलमा नेवारी खाजा खाएको र अपरिचित ब्यक्तिसंग परिचय गर्ने क्रममा 'विकास शर्मा' भन्दै परिचय दिएको उनको भनाई छ । मधुमेह रोगका कारण चिसो खानार् इन्कार गरेका 'प्रताप' ले 'जुस खाएपछि आफू लठ्ठएिको र ट्याक्सीमा चढाएर लगेको' केही सम्झना आएको पत्रकार भेटघाटका क्रममा बताए ।

अपहरणकारीले आँखामा पट्टी बाँधेर दिनैपिच्छे फरक-फरक ठाउँमा लगेको र गर्मी हुने ठाउँमा लगेका भनिएपनि ठाउँको पहिचान नभएको वताए ।

लमजुङको जीता गाउँ विकास समिति वडा नम्बर ६, सप्तधारा घर भई एकीकृत नेकपा माओवादीका राज्य समितिका सदस्य समेत रहेका 'प्रताप' साथीले बोलाएको भन्दै गत असोज १४ गते तनुहुको डुम्रे पुगेर र्फकन्छु भन्दै वेसीशहरबाट हिडेपछि एक्कासी बेपत्ता भएका थिए । 'डुम्रेमा बोलाएको ब्यक्ति को हुन् ---' भन्ने पत्रकारहरुको जिज्ञासामा उनले भने, 'त्यो ब्यक्ति अहिले भन्न सक्दिन ।' माओवादीका अनुसार बेपत्ता 'प्रताप' हिजो शुक्रवार मुग्लिनमा अपहरण मुक्त भएका थिए ।

पत्रकार सम्मेलनमा एकीकृत माओवादी लमजुङकार् इन्चार्ज देवेन्द्र पराजुलीले घटना अझै रहस्यमय बनेको भन्दै अनुसन्धान गरिने वताए । सेक्रेटरी मोहनहरि पौडेलले घटनाको सत्यतथ्य वारे एक दिन उजागर गरेरै छाड्ने वताए ।


माओवादी शसस्त्र द्वन्द्वकालमा जिल्ला सेक्रेटरी समेत भईसकेका 'प्रताप' एक्कासी बेपत्ता हुँदा समेत पार्टीगत तवरवाट जिल्ला र केन्द्रवाट कुनै विज्ञप्ति प्रकाशित भएन ।






Posted on:October 9, 2010, 3:44 am

No comments:

Post a Comment