Monday, June 20, 2011

मध्यमर्स्याङ्दीको एउटा टवाईन संचालनमा

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
लमजुङ, मंसिर १७ गते ।
दर्ुइ सातादेखि बन्द ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत परियोजना आज शुक्रवारदेखि संचालनमा आएको छ ।
३५/३५ मेगावाट क्षमताको २ वटा टवाईनमध्ये युनिट १ को सफा र मर्मत कार्य सकिएपछि आजदेखि विद्युत उत्पादन शुरु भएको हो । अर्को युनिट २ आगामी आईतवारवाट संचालनमा ल्याईने मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रका प्रमुख महेन्द्रराज अधिकारीले जानकारी दिनुभयो ।
मध्यमर्स्याङ्दी जलविद्युत परियोजना नियमिति सफा र मर्मतका लागि गत कार्तिक २९ गतेदेखि बन्द गरिएको थियो । परियोजनावाट अहिले ३७ मेगावाट क्षमता विद्युत उत्पादन भईरहेको छ । एउटा र्टवाइनवाट क्षमता भन्दा बढी विद्युत उत्पादन भईरहेपनि तत्काल लोडसेडिङ नघट्ने नेपाल विद्युत प्राधिकरण श्रोतले जनाएको छ ।

परियोजनाको टवाईन् प्रत्येक बर्षसफा र मर्मत गर्नुपर्ने भएपनि झण्डै दर्ुइबर्षपछिमात्र सफा र मर्मत गरिएको हो । र्टवाइनको जर्मनी, अष्टेलियन र ठेकेदार कम्पनी फिस्चनरका प्रतिनिधि र मध्यमर्स्याङदी केन्द्रका प्राविधिक गरि करिब ४५ जनाले मर्मत तथा सफा गरेका थिए । र्
मर्मतको क्रममा टनेलबाट गएको पानीले सिधै हान्ने र्टवाइन र यसका एशेसरिजहरुमा बढी समस्या देखिएको परियोजनाले जनाएको छ । 'अन्य परियोजनाहरुको भन्दा यो कम क्षति हो' केन्द्र प्रमुख अधिकारीले भने, 'त्यसैले हामीले मर्मत तथा सफा कार्य छिट्टै सक्काएका छौँ ।' परियोजनाको इन्टेक भल्व, प्रेसर रिलिज पाईप, विकेट गेट, स्पाइरल केसिङ लगायत पावरहाउसमा जडित उपकरणको मर्मत तथा सफा गरिएको थियो ।

परियोजनाको सफा तथा मर्मतकार्यका लागि प्राधिकरणले थप आर्थिक भार भने व्यहोर्नु परेन । मध्यमर्स्याङ्दी जलविद्युत परियोजनाको टवाईन पहिलोपटक सफा र मर्मत गरिएको हो । जर्मन दातृ निकाय केएफडब्ल्यूको ८० तथा नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको २० प्रतिशत लगानीमा निर्मित परियोजना अघिल्लो वर्षसकिएको हो ।
Madhya-Marsyangdi-Repairing
Madhya-Marsyangdi-Repairing
Madhya-Marsyangdi-Repairing
Madhya-Marsyangdi-Repairing
Madhya-Marsyangdi-Repairing
Madhya-Marsyangdi-Repairing
Madhya-Marsyangdi-Repairing
Madhya-Marsyangdi-Repairing

Posted on:December 4, 2010, 7:24 am

1 comment: