आश गुरुङ 'प्रतीक'
लमजुङ, मंसिर २६ गते ।
लमजुङको पर्यटकीय ग्रामीण क्षेत्र सिउरुङ गाउँमा 'पाँचौ सिउरुङ महोत्सव-२०६६' आजवाट शुरु भएको छ ।
स्थानीय कला संस्कृतिको संरक्षण र सर्ंबर्द्धन तथा स्थानीयस्तरमा उत्पादित घरेलु वस्तु साथै आन्तरिक तथा बाहृय पर्यटन प्रबर्द्धनका लागि महोत्वस आयोजना गरिएको हो ।
महोत्सवमा विभिन्न हस्तकलाका सामाग्रीहरुको प्रदर्शनीका साथै खाना महोत्सव, कृषि, जडिवुटी, चोयावाट निर्मित भकारी, डोको, स्याखू तथा चर्खा, झोला, पछ्यौरा लगायत उन र धागोवाट निर्मित सामाग्रीहरुको प्रदर्शनी गरिएको छ ।
गुरुङ कला तथा संस्कृति झल्कने घाँटू, सोरठी, कृष्णचरित्र, सारङ्गीनाच लगायत सांस्कृतिक झाँकीहरु पनि महोत्सबमा प्रदर्शन गरिने महोत्सवमा विशेष प्रकारको खाना महोत्सवको पनि आयोजना गरिने भएको छ ।
तीनदिनसम्म संचालन हुने महोत्सवको औपचारिक रुपमा भोलि उद्घाटन गरिने आयोजकले जनाएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप अन्तरगत संरक्षण ब्यवस्थापन समिति खुदीको वाषिर्क उत्सव पनि यसै समय परेकाले महोत्वसको भोलि उद्घाटन गरिने महोत्सव आयोजक समितिका सचिव उमरबहादुर गुरुङले जानकारी दिनुभयो ।
लमजुङ सदरमुकाम वेसीशहरवाट करीब एक दिन लाग्ने सिउरुङमा नेपाल पर्यटन बोर्ड, जिल्ला विकास समिति, खुदी गाउँ विकास समिति लगायतको सहयोगमा हरेक वर्षमहोत्सवको आयोजना हुँदै आएको छ ।
Posted on:December 11, 2009, 4:45 am
No comments:
Post a Comment