Tuesday, May 17, 2011

मध्यमर्स्याङ्दीको मजदुर वहाक वस दुर्घटना १३ घाईते, मोटरसाईकल दुर्घटनामा दुई गम्भीर

आश गुरुङ 'प्रतीक', लमजुङ
लमजुङ, मंसिर ३० गते ।
लमजुङमा निर्माण भएको मध्यमर्स्याङ्दी जलविद्युत परियोजनाको मजदुर बोकेको वस आज सोमवार विहान दुर्घटना हुँदा १३ जना जना घाईते भएका छन् ।
मजुदुर लिएर लमजुङको भोटेओडार गाविसस्थित सिउँडीबारवाट परियोजनाको बाँधस्थल दलाल जाँदै गरेको ना २ ख २०४० नम्बरको वस उदीपुर गाविस वडा नं. ४, अकला मन्दिर नजिकै विहान सवा ६ बजे दुर्घटना भएको हो ।
घाईतेमध्ये गम्भीर चार जनालाई उपचारका लागि सदरमुकाम वेसीशहरस्थित जिल्ला सामुदायिक अस्पातालमा उपचारका लागि ल्याईएको छ । अन्यको स्थानीय पोलिक्लिनिकमा उपचार भईरहेको छ । मजदुरहरुको नाम पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । वस सडकवाट करीब पाँचमीटर तल खसेको र वसका चालक राजु मगरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यता, लमजुङको गाउँशहर गाविस ८ गैरीमा मोटरसाईकलले एक बालकलाई ठक्करदिँदा वालकसहित मोटरसाईकल चालक गम्भीर घाईते भएकाछन् ।
ग १ प ९४३५ नम्बरको माटरसाईकल हिजो आईतवार साँझ दुर्घटना हुँदा मोटरसाईकल चालक लमजुङ समीभञ्ज्याङ ८ का सन्तोष तिवारी र गाउँशहर ७ नरुवलका १३ वषिर्य वालक गोपाल अधिकारी गम्भीर घाईते भएका हुन् । दुवैजनाको वेसीशहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Posted on:December 14, 2008, 9:29 pm

No comments:

Post a Comment