Sunday, May 15, 2011

मंसिर २९ गते प्रधानमन्त्री प्रचण्डद्वार उदघाटन हुने

रबिन राउत लमजुङ

लमजुङ मसिंर १७ - मध्यमर्स्याङ्दी जलविद्युत परियोजनाको सम्पुर्ण संरचनाहरुको निर्माणकार्य सम्पन्न भई मंसिर तेस्रो साता भित्र संरचनाको परिक्षण सम्पन्न हुने भएकोले मंसिर २९ गते प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डद्वारा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
नेपाल र जर्मनी बिच दौत्य सम्बन्ध कायम भएको ५० बर्षपुगेको दिन मंसिर २९ गते परियोजनाको प्रधानमन्त्री प्रचण्डद्वारा उद्घाटन गर्न लागिएको हो । ७० मेघावाट मध्ये उद्घाटनको दिनसम्म ३५ मेघावाट बिद्युत उत्पादन हुने नेपाल बिद्युत प्राधिकरणले जनाएको छ । बाँकी ३५ मेघावाटको लागि भने करिब ४ महिना कुर्नु पर्ने भएको छ ।

Posted on:December 2, 2008, 5:07 am

No comments:

Post a Comment