Tuesday, May 17, 2011

सहकर्मी अभिनन्दित

लमजुङ समाचारदाता
Ash Gurungपुस २१ गते - तमु छोँज धीँ लमजुङले तमु लोँ ल्होसार २०६५ को अवसरमा आयोजित एक कार्यक्रममा लमजुङ सहकर्मी आश गुरुङ 'प्रतीक'लाई अभिनन्दन गरेको छ ।
भाषिक, सामाजिक तथा संस्कारगत प्रतिकुलताहरुसंग संघर्ष गर्दै पत्रकारीताको माध्यमवाट तमु जातिको इतिहास, भाषा, कला, संस्कृति र परम्पराहरुलाई राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा पुर्‍याउन योगदान गर्नुभई सिंगो युवा पुस्ताको प्रतिनिधित्वको पात्र एवं प्ररणाको श्रोत बन्न सफल भएको भन्दै अभिनन्दन गरिएको हो ।
आज सोमवार आयोजित स्यो कैँ अर्थात सामुहिक भोज कार्यक्रममा तमु छोँज धीँ लमजुङका अध्यक्ष प्रेम घले र प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले पगरी लगाईदिनुका साथै अभिनन्दन पत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रममा पत्रकार प्रेमकुमारी घलेलाई पनि अभिनन्दन गरिएको थियो ।
तमु छोँज धीँ लमजुङ तमु संग्रहालय वेसीशहरको प्राङ्गणमा आयोजना गरेको ल्होसार संवन्धि तीनदिने विषेश कार्यक्रम आज सोमवार सकिएको छ ।

Posted on:January 5, 2009, 7:25 am

No comments:

Post a Comment