Tuesday, May 17, 2011

एमाले नेता माओवादीमा

आश गुरुङ 'प्रतीक'
लमजुङ, पुस २१ गते ।
नेकपा एमाले लमजुङ जिल्ला कमिटिका एक सदस्य माओवादीमा प्रवेश गरेकाछन् ।
भोर्लेटार गाउँ विकास समिति वडा नं. ७ स्थायी घर भएका एमाले जिल्ला कमिटि सदस्य श्रीभद्र रेग्मी माओवादीमा प्रवेश गरेका हुन् ।
माओवादीमा प्रवेश पछि एक पत्रकार सम्मेलन गरि एमाले परित्याग गरि माओवादीमा प्रबेश गरेको एक पत्रकार सम्मेलनको आयोजना गरि गणतन्त्रको स्थापनासँगै स्वाधिन र जनमुखि गणतन्त्र तर्फजाने वा यथास्थितिवादी गणतन्त्रमा बस्ने भन्ने प्रश्नमा तीब्र राजनितिक ध्रुवीकरण भएकाले आफू एमाले छोडेर माओवादीमा प्रवेश गरेका रेग्मीले वताए ।
नेकपा एमाले इलाका नं. ५ का इन्चार्ज समेत रहेका रेग्मी २०३६ सालदेखि बाम विद्यार्थी आन्दोलनमा लागेका थिए भने २०३९ सालबाट निरन्तर कम्युनिष्ट आन्दोलनमा सक्रिय थिए । उनी २०६२ सालबाट जिल्ला कमिटिको सदस्यको जिम्मेवारीमा थिए ।
नेकापा माओवादीका जिल्ला इन्चार्ज देवेन्द्र पराजुलीले रेग्मीलाई पार्टीमा स्वागत गर्दै आवश्यकता अनुसारको जिम्मेवारी दिने वताएकाछन् ।

No comments:

Post a Comment