Thursday, May 19, 2011

मोटरवाटो निर्माणकार्य सम्पन्न

आश गुरुङ 'प्रतीक'
लमजुङ, पुस २२ गते ।
दक्षिणी लमजुङको सत्रसय-विभिरे भञ्ज्याङ-भोर्लेटार सडकको निर्माणकार्य पुरा भएको छ ।
विमिरेभञ्ज्याङदेखि बाङ्ग्रेको रातामाटा र लामासोती हुँदै भोर्लेटार गाविसको धोद्रे र भोर्ले सम्मको साढे १९ किलोमीटार सडकको निर्माणकार्य पुरा भएको हो । जिल्ला विकास समितिले छुट्याएको २० लाख रुपैँया रोक्का गरिएकाले स्थानीयवासिन्दाको सक्रियतामा साढे १२ लाख लगानी गरि बाटो निर्माणगरिएको समितिका अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिनुभएको छ । उहाँका अनुसार अहिले भोर्लेटार पाखुरीचोक हुँदै रानीपानी, पुरानाडिही हुँदै भोर्ले जोड्ने सडकको मर्मतकार्य भईरहेको छ । सो वाटोको मर्मतसंभार सकिएपछि पोखरावाट सिधा लमजुङ सदरमुकाम वेसीशहर चल्ने गरि यातायात संचालनमा ल्याईने समेत अधिकारीले जानकारी दिनुभएको छ । सडकमा मोटर गुड्न थालेपछि भोर्लेटार, इशानेश्वर, बांग्रे, नेटा, धुसेनी, चन्द्रेश्वर, दुराडाँडा, तार्कु लगायत दर्जनभन्दा बढी गाविसका वासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।
त्यस्तै, सत्रसय-सिस्नेरी-बागेडाँडा मोटरवाटोको ट्र्याक खोल्ने काम शुरु भएको छ । सात किलोमीटरको सो वाटो निर्माणका लागि करीब १८ लाख रुपैँया लाग्ने बाटो निर्माणसमितिका अध्यक्ष चिनबहादुर गुरुङले वताउनुभयो । स्थानीय आमा समूह युवा क्लब, सामुदायिक बन, खानेपानी योजनाको सहयोग र स्थानीयवासिन्दावाट चन्दा संकलन गरि वाटो निर्माणथालिएको अध्यक्ष गुरुङले वताउनुभयो । उनीहरुले जिल्ला विकास समिति र गाविसले पनि कुनैपनि रकम नछुट्याएका कारण छुट्याउन पहल गरिदिन राजनीतिक दल साथै संवन्धित संघसंस्थालाई अनुरोध गरेकाछन् ।


Posted on:January 6, 2009, 1:38 am

No comments:

Post a Comment