Tuesday, May 17, 2011

लमजुङका दलहरुद्वारा प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र

आश गुरुङ 'प्रतीक'
लमजुङ, मंसिर २९ गते ।
लमजुङका राजनीतिक दलहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई आज आईतबार ज्ञापनपत्र बुझाएका छन् ।
नेकपा माओवादी, नेकपा एमाले, नेपाली काग्रेस र जनमोर्चा नेपालका प्रमुख तथा प्रतिनिधि साथै संविधान सभाषदहरुले प्रधानमन्त्रीलाई लमजुङ जिल्ला जलस्रोत, ग्रामीण पर्यटन, जडिबुटी, फलफूल उत्पादनमा प्रचुर संभावना बोकेको भएपनि बैज्ञानिक योजना र उचित व्यवस्थापनको अभावले विकासमा पछि परेको र त्यसको विकासका लागि ज्ञापनपत्र बुझाएका हुन् ।
लमजुङमा विद्युत उत्पादन गरी आय आर्जन गर्ने प्रशस्त सम्भावना रहेको र मर्स्याङदी, खुदी र स्यांगेबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारणमा समावेश गरिएको छ । अधिकांश गाविसमा विद्युतीकरण नभएको र मुलुककै ठूलो जलविद्युत आयोजना संचालनमा आएपछि विद्युतीकरण हुन बाकी गाविसमा विद्युतीकरण गरिनु पर्ने, भानुभक्त मार्गको डुम्रे-बेसीशहर खण्डको ४२ किलोमिटर सडकको तत्कालै मर्मत गरी कालोपत्रे गरिनु पर्ने, भविष्यमा संचालन हुने यस्ता आयोजनाहरुबाट नै क्षत्रि्रस्त भएका सडकहरुलाई पुरानै अवस्थाको हुने गरी निर्माण गर्न नीतिगत निर्णय गरिनुपर्ने, लोडसेडिङ मुक्त जिल्ला घोषणा गर्नुपर्ने, मध्यमर्स्याङ्दी लगायतका जलविद्युत आयोजनाबाट प्राप्त हुने राजस्वको पचास प्रतिशत जिल्ला विकास समिति मार्फ खर्च गर्ने व्यवस्था गर्ने नीति निर्माण गर्नुपर्ने, जलविद्युत आयोजनाहरुमा स्थानीयबासीले अपनत्व र स्वामित्वको अनुभूतिका लागि परियोजना आसपासमा बसेका र परियोजनाले विस्थापित गरेका वा परियोजनालाई आफ्नो जल, जमीन, जंगल दिन बाध्य पारिएका स्थानीय जनतालाई निश्चित प्रतिशत निःशुल्क शेयर दिने नीतिगत व्यवस्था गर्नुपर्ने कुराहरु ज्ञापनपत्रमा समाबेश गरिएको छ ।
यसैगरि जलविद्युत आयोजनाहरुमा स्रोत र साधनको परिचालन गर्न चाहने जिल्लबासी लाई अग्राधिकार शेयर खरिद गर्न पाउने व्यवस्था, लाइसेन्स लिएको एक वर्षभित्र आयोजना सञ्चालन नगरिए स्वतः लाइसेन्स खारेज हुने व्यवस्था, परियोजना सुरुहुनु अघि गरिने सम्झौताहरु तत्काल कार्यान्वयनको व्यवस्था र परियोजनाहरु सञ्चालन गरिंदा परियोजनाहरुले उपयोग गर्ने स्थानीय निर्माण सामाग्रीहरु ढुंगा, गिटी, बालुवाको निश्चित रकम जिविस र गाविसले कर लिन पाउने व्यवस्था गर्नको लागि ज्ञापनपत्र मार्फ दलका नेताहरुले माग गरेका छन् ।
मागपत्रका संविधानसभाषद पृथ्वीसुब्बा गुरुङ, बुद्धिराम गुरुङ, हिमकुमारी विक, नेकपा माओवादीकार् इन्चार्ज देवेन्द्र पराजुली, नेपाली काँग्रेसका सभापति तुलसीनारायण श्रेष्ठ, नेकपा एमालेका सचिव मायानाथ अधिकारी, जनमोर्चा नेपालका सचिवालय सदस्य उमाकान्त शर्मा, नेकपा माओवादी तमुवान राज्यसमिति सदस्य मोहानहरि पौडेल, नेपाली काँग्रेसका निवर्तमान सभापति कृष्ण कोईराला, एमालेका उपसचिव जमिन्द्रमान घले, जनमोर्चाका कार्यालय सचिव ठगबहादुर अधिकारीले हस्ताक्षर गरेका छन् । ज्ञापन पत्र बुझाएकोबारे जलश्रोत मन्त्री विष्णुप्रसाद पौडेललाई बोधार्थ दिईएको छ ।


Posted on:December 14, 2008, 8:13 pm

No comments:

Post a Comment