Friday, May 13, 2011

देउसी भैलाको रकमबाट एम्बुलेन्स कोष स्थापना

रबिन राउत

कार्तीक २४-भोटेवडार स्थित सामुदायिक सेवा केन्द्रले देउसीभैलोवाट सवा लाख रुपैँया संकलन गरि एम्बुलेन्स कोष स्थापना गरेको छ ।
भोटेओडारस्थितर् इलाका प्रहरी कार्यालयका प्रहरी र स्थानीयवासिन्दाको सक्रियातामा तिहारको अवसरमा देउसीभैलो खेलेर एक लाख ११ हजार रुपैया संकलन गरेको हो ।
नेपाल प्रहरी, आमा समुह, यूवा क्लब र स्थानियवासिन्दाले देउसी भैलो कार्यक्रममा सहभागिता जनाएका थिए । संकलित रकमबाट एम्बुलेन्स संचालन तथा संरक्षण कोषको स्थापना गरिएको सामुदायिक सेवा केन्द्रका अध्यक्ष द्वारिकालाल मिश्रले जानकारी दिनुभएको छ ।
सामुदायिक सेवा केन्द्र भोटेवडारले गत बर्ष देउसीभैलोवाट करिब ११ लाख रुपैँया संकलन गरि एम्बुलेन्स खरिद गरेको थियो ।

Posted on:November 9, 2008, 4:55 am

No comments:

Post a Comment