Tuesday, May 17, 2011

लमजुङमा हिमपात, जनजीवन कष्टकर

आश गुरुङ 'प्रतीक'
लमजुङ, पुस १२ गते - पहाडी जिल्ला लमजुङको उत्तरी क्षेत्रमा हिमपात भएको छ । करीब तीनहजारदेखि माथिको उचाईमा हिमपात भएको हो । हिमपात भएपछि खुदी, भुलभुले, ताघ्रिङ, घनपोखरा लगायत करीब आधादर्जन गाविसका उच्च भेगमा वसोवास गर्ने र्सवसाधारणको जनजीवन कष्टकर बनेको छ । गाउँ वस्तीमै हिमपात नभएपनि जंगलहरुमा हिमपात भएपछि गुन्द्रुक बनाउनका लागि प्रयोगमा ल्याईने साग टिप्न गएका युवायुवतीहरु रित्तोहात फर्किएका पर्यटकीय सिउरुङ गाउँका उमर गुरुङले जानकारी दिनुभयो ।
बनजंगलमा हिउँ परेका कारण स्थानीयवासिन्दालाई घाँस दाउरा काट्न समस्या भएको छ । त्यसो त कहिल्य हुस्सु नलाग्ने सदरमुकाम वेसीशहरमा पनि हुस्सु लाग्न थालेपछि अघिपछिको भन्दा जनजीवन कष्टकर बन्दै गएको छ ।

Posted on:December 26, 2008, 10:30 pm

No comments:

Post a Comment