Tuesday, May 17, 2011

पत्रकारहरुको आन्दोलनमा एक्लै !

लमजुङ समाचारदाता
पुस १२ गते - Aash Gurungतपाई एक पटक कल्पना गर्नोस् त, प्रेस स्वतन्त्रताको लागि अहिले आन्दोलनमा उत्रिएका पत्रकारहरुहरु नेपालमा कति होलान् - र यो पनि सोच्नोस् कि प्रेस स्वतन्त्रताका लागि आन्दोलनमा नउत्रिएका पत्रकाहरु पनि होलान् र - सहजै उत्तर आउन सक्छ, आफ्नो अक र अधिकारका लागि सवै एकजुट हुन्छन् र सवै पत्रकारहरु अहिले आफ्नो हक र हितका लागि उत्रिएका छन् । तर, होईन, पत्रकारहरुको हक र अधिकारका लागि आन्दोलन नगर्नेहरु पनि छन्, तपाइँ पत्याउनु हुन्न भने यसको सत्य र तथ्य खोज्न लमजुङ आए हुन्छ ।
हो, नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले आहृवान गरेको आन्दोलनमा लमजुङका पत्रकारहरु शनिवार निश्क्रिया रहे । नेपाल पत्रकार महासंघ लमजुङ शाखामा आवद्ध २९ जना सदस्य साथै अन्य पत्रकारहरुले केन्द्रको निर्णय अटेर गरेपछि नेपाल पत्रकार महासंघका पार्षद तथा सहकर्मी आश गुरुङ 'प्रतीक' ले एक्लै शनिवार प्रदर्शन गरेकाछन् । उनले सदरमुकाम वेसीशहरको नारायणस्थान चोकमा प्रदर्शन गरेका थिए । लमजुङमा क्रियाशील पत्रकारहरु करीब २० जना छन् भने नाममात्रका पत्रकार करीब ४० को हाराहारीमा छन् ।
हिमाल मिडिया लगायत संचारमाध्यममा आक्रमणको घटना दिनानुदिन बढ्दै गईरहेको र त्यसका विरुद्ध पत्रकारहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको आहृवानमा देशभरका पत्रकारहरु शुक्रवार र शनिवार आन्दोलनमा उत्रिएका हुन् । शुक्रवार लमजुङका एक चौथाई, पत्रकारहरुले केही समय हातमा कालो पट्टी बाँधे भने अधिकांश भन्दा बढीले कालोपट्टी समेत बाँधेनन् । त्यस्तै, शनिवारको कार्यक्रममा २/३ जनालेमात्रै मुखमा कालोपट्टी बाँधेका थिए भने कसैले पनि प्रदर्शन गरेनन् । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले आन्दोलनका क्रममा प्रेस स्वतन्त्रका लागि शनिवार आफ्ना संचारका साधनहरुलाई एक घण्टा सप्रदर्शन गर्न आफ्ना जिल्ला शाखाहरुलाई आहृवान गरेको थियो । यसवारेमा नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष किसान 'संगीत' नेपालीले पत्रकारहरुको आन्दोलनको वारेमा जिज्ञासा राख्दा आनकानी गरेर प्रष्ट जवाफ दिएनन् ।
नेपाल पत्रकार महासंघले आहृवान गरेको आन्दोलनमा कथित 'विग मिडिया हाउस' सँग आवद्ध पत्रकारहरु भने कोही पनि आएनन् । कान्तिपुर पब्लिकेशन, आप्का हाउस्, साथै कामना प्रकाशन, एभीन्यूज लगायत अन्य टेलिभिजन, पत्रपत्रिका तथा रेडियोमा आवद्ध संचारकर्मीहरु आन्दोलनमा उत्रिएनन् ।
नेपाल पत्रकार महासंघको आहृवानमा शनिवार प्रदर्शनको तयारीमा आफ्नो कम्प्यूटरसहित पत्रकार आश गुरुङ 'प्रतीक'
तस्वीर सौजन्य : संजोग लामिछाने ।

Posted on:December 27, 2008, 3:09 am

No comments:

Post a Comment